३० वर्षअघि बलिउड सुपरस्टार सलमान खान र आमिर खानको जोडीले ‘अंदाज अपना अपना’मा निकै चर्चा मच्चाएको थियो । दुबैको जोडी सुपरहिट साबित भयो । यो फिल्मले त्यतिबेला धेरै कीर्तिमान बनाएको थियो । त्यसबेलादेखि फ्यानहरू दुवैलाई सँगै हेर्न आतुर थिए, त्यसपछि दुवै स्पेनिस फिल्म च्याम्पियन्सको रिमेकमा सँगै देखिने खबर आएको थियो ।
केही दिनयता आमिर खानले २०१९ को स्पेनिस फिल्म ‘च्याम्पियन्स’ बनाउने खबरहरु आइरहेका छन्, जसमा सलमान खान पनि देखिनेछन् तर अब फिल्म च्याम्पियनको बारेमा एउटा ठूलो खबर आएको छ । फिल्मको स्क्रिप्टलाई लिएर सलमान खान र आमिर खानबीच वैचारिक मतभेद भएको खबर आएको छ । आमिरको फिल्मको स्क्रिप्टबाट सलमान खान खुसी नभएको खबर आएको छ ।
आमिरले यो फिल्ममा सलमान खानले मात्र राम्रो भूमिका खेलेको चाहन्थे, तर अहिले जब रिपोर्टमा वैचारिक मतभेदहरू बाहिर आएका छन् । रिपोर्टहरू विश्वास गर्ने हो भने, सलमान खानले ुच्याम्पियन्सु को रिमेकको स्क्रिप्टमा केही परिवर्तन गर्न आग्रह गरेका छन्। आमिर खान र निर्देशक आरएस प्रसन्ना सलमानले गरेको परिवर्तनसँग सहमत छैनन्।यी खबरहरु बाहिर आएपछि अब चाँडै नै फिल्मबाट सलमान खानको पात काटिने देखिन्छ ।
यद्यपी, यी रिपोर्टमा आमिर खान र सलमान खानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । एक स्रोतले भन्यो, -आमिरले केही समय अघि सलमानलाई आरएस प्रसन्नाको फिल्म अफर गरेका थिए किनभने उनलाई लाग्छ कि सलमान भूमिकाका लागि परफेक्ट छन् र यसलाई पर्दामा खिच्न सक्छन्।
अफर आएपछि सलमानले पनि यो प्रोजेक्टमा चासो देखाएका थिए तर अहिले मूल स्पेनिस फिल्म हेरेपछि केही परिवर्तन सुझाएका छन् । आमिर र निर्देशक आफूले मागेको परिवर्तनबाट खुसी छैनन्। योसँगै सलमान पनि फिल्मलाई लिएर खासै आशावादी छैनन् ।