ऐश्वर्या, करिना, दीपिका र क्याट्रिना कसैले पनि लिएका छैनन् राम्रो शिक्षा

मनोरञ्जन

Sharing is caring!

एजेन्सी – भारतका चर्चित नायिकाहरु दीपिका पादुकोण, ऐश्वर्या राय, कटरिना कैफ र करिना कपुरको अँग्रेजी बोलाई सुन्दा लाग्छ उनीहरुले मेजर अँग्रेजीमा डिग्री सकेका होलान् ।

तर यि चर्चित भारतीय सुन्दरीहरु सबैले उच्च शिक्षा अध्ययन नै गरेका छैनन् । भारतीय ग्याल्मर गर्ल करिना कपुरले पनि आफ्नो उच्च शिक्षा पूरा गर्न सकेकी छैनन्। माध्यमिक शिक्षा उत्तीर्ण गरेपछि कलेज भर्ना गरे पनि फिल्ममा व्यस्त भएपछि बीचमै छाडिन्।त्यस्तै बलिउडकी स्टाइल डिभा दीपिका पादुकोण कहिल्यै कलेज प्रवेश गरिनन्।।

बेंगुलस्थित माउन्ट कार्मेल स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी पादुकोण विश्वविद्यालय भर्ना भए पनि फिल्ममा व्यस्त भएका कारण कलेज जान पाइनन्। सन् २००० मा मिस वल्र्डको उपाधि जितेकी प्रियंका चोपडा पनि कहिल्यै कलेज गइनन्। सफल अभिनेत्री कटरिना कैफले पनि अल्पशिक्षित अभिनेत्री हुन्।

कुनै बेला लन्डनका बारहरूमा वेट्रेसका रूपमा काम गरिसकेकी कटरिनालाई भाग्यले बलिउडमा पु¥यायो। कुनै बेला बलिउडकी महारानी मानिएकी ऐश्वर्या राय बच्चनको शैक्षिक पृष्ठभूमि निकै कमजोर छ। मात्र माध्यमिक शिक्षा हासिल गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *