‘पैसा धेरै भएर सहयोग गरेको होइन, संघर्ष गरेर आएको हुँ, अरुको दुख बुझ्छु’

‘पैसा धेरै भएर सहयोग गरेको होइन, संघर्ष गरेर आएको हुँ, अरुको दुख बुझ्छु’

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । नायक पल शाहले लकडाउनको अवस्थामा दैनिक गुजारा गर्न नसक्ने चलचित्रका प्राविधिकहरुको सहयोगका लागि ५ लाख आर्थिक सहयोग दिने घोषणा गरे । उनको यो घोषणा संगै सामाजिक सञ्जाल र समाचारहरुमा निकै प्रशंसा भयो । नायक पल शाहले पनि सामाजिक सञ्जाल मार्फत नै यो कुराको घोषणा गरेका थिए । उनको यो घोषणासंगै तारिफका कमेन्ट उनकै सामाजिक सञ्जालमा भरिए । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले विपन्न तथा आर्थिक स्थिति कमजोर रहेका प्राविधिकलाई सहयोग गर्ने बताए ।

उनी चाहन्थे आफ्नो यो सुरुवाती प्रयास पछि अन्य चलचित्रकर्मीहरुले पनि सहयोगका हात बढाउनेछन् । त्यसैले आफुले यस्तो घोषणा गरेको उनले बताएका छन् । सरकारले लकडाउनको घोषणा गरेपछि दिनहुं काम गरेर खाने ज्याला मजदुरहरु वेखर्ची भएका छन् । त्यस्ता ब्यक्तिलाई सहयोग गर्न सरकारले आर्थिक सहयोग कोष पनि स्थापना गरेको छ । तर नायक शाहले त्यो सहयोग आफै दिने बताएका छन् । आफुले दिएको सहयोग रकम सम्बन्धीत प्राविधिक कर्मचारीकै हातमा पुगोस् भन्ने उनी चाहन्छन् ।

चलचित्रका गतिविधि शून्य भएकाले उनीहरुको आम्दानी स्रोत बन्द भएको छ । यही स्थितिलाई हेरेर सहयोगका लागि पल उत्प्रेरित भएका हुन् । आफूले पनि अभावका दिनहरु भोगेर आएकाले उनीहरुको पनि दुख आफुले बुझेकाले सहयोग गर्ने घोषणा गरेको जनाएका छन् । उनले भने, ‘मेरो संघर्षको समयमा धेरै दुख भोगेको छु । त्यसैले अरुको दुःखमा मेरो मन दुख्छ ।’

दैनिक काम गरेर पेट पाल्ने प्राविधिकहरु अहिले आफ्नो कोठाभाडा तिर्न सक्ने पनि अवस्था नरहेको आफुले बुझेकाले त्यस्ता परिवारलाई सहयोग गर्ने उनको इच्छा हो । उनी अहलिे पनि काठमाडौंमा भाडामा बस्दै आएको बताएका छन् । पलले भने, ‘म अहिले पनि भाडामा नै बस्दै आएको छु । त्यसैले भाडामा बस्नेहरुको पीडा थाहा छ ।’

आफूसँग पैसा बढि भएर सहयोग गर्न नलागेको उनको भनाई छ । म दुख गरेर यो अवस्थासम्म आएको हुँ त्यसैले पैसाको महत्व थाहा छ । मेरो लागि १ हजारले पनि निकै महत्व राख्छ । त्यही पनि मेरो भन्दा अरु कसैको अवस्था कमजोर छ भने उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो ।’ प्राविधिक संघका अध्यक्ष पुस्कर लामाको सहयोगमा विपन्न प्राविधिकहरुको लिस्ट तयार गरेर उनीहरुलाई सहयोग हस्तान्तरण गर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *