बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टको फ्यान फलोइङ निकै उच्च छ । उनको अभिनयलाई फ्यानहरुले मन पराउने गरेका छन् । नायिकाले अहिले धेरै भन्दा धेरै चलचित्रमा आफ्नो दमदार अभिनय देखाई रहेकी छिन् । अभिनेत्री आलिया कहिले फिल्मका कारण चर्चामा आउने गरेकी छिन् भने कहिले आफ्नो प्रेमका कारण । तर यसपटक उनको चर्चामा आउनुको कारण तस्विर बनेको छ ।
करण जोहरको यो तस्विरलाई लिएर फ्यानहरुले ट्रोल गरिरहेका छन् । करण जोहर भारतको सबैभन्दा ठूलो प्रोडक्शन हाउस धर्मा प्रोडक्सनका मालिक हुन् । उनको प्रोडक्सन हाउसले धेरै सुपरहिट फिल्म दिएका छन् । जसलाई फ्यानहरुले निकै मन पराएका छन् । पछिल्लो समय उनको एउटा तस्विर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
यससँगै करण जोहरले आलियाका लागि केही भनेका छन्, जसका कारण उनी ट्रोल भएका छन् । भाइरल तस्विरको कुरा गर्ने हो भने तस्बिरमा करण-आलिया निकै नजिक देखिएका छन् । तस्बिर हेर्दा दुबैले एकअर्कालाई किस गर्दैछन् जस्तो लाग्छ । यो तस्बिर हेरेर फ्यानले दुबै गर्लफ्रेन्ड-ब्वाईफ्रेन्ड जस्तो देखिदै गरेको टिप्पणी गरेका छन् । यससँगै करण जोहरले आफ्नो स्टोरीमा आलियाको तस्बिर सेयर गर्दै उनी आफ्नो मुटुको नजिक भएको लेखेका छन् ।उनले उनको लागि ‘डार्लिंग’ र ‘आई लभ यू’ जस्ता शब्दहरू पनि प्रयोग गरेका छन् । त्यसपछि फ्यानहरुले उनलाई ट्रोल गर्न थालेका हुन् ।