किन मन पराउछन् पूरुषले यस्ता युवती

किन मन पराउछन् पूरुषले यस्ता युवती

मनोरञ्जन

Sharing is caring!

सामान्यतया स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ । तर अहिले एक अनुसन्धानले यो कुरालाई गलत बताएको छ । अनुसन्धानमा के खुल्यो भने अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन् । यसका कारणहरु पनि धेरै रहेका छन जसमा सबैभन्दा पहिलो कारण मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन भन्नुको अर्थ सजिलैं छाडेर जाँदैनन् ।

नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग स’म्बन्धमा रहेका पुरुषहरु धेरै खुःशी हुन्छन् । अध्यनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुःशी रहन सक्छ । यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका

शाररीक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैंनन तर स्लिम केटीहरु यस्ता कुराहरुमा दबाब दिन्छन् । अर्को कुरा जो महिला मोटी छिन उनलाई मिठो खाना पकाउन आउँने झण्डै ९९ प्रतिशत सम्भावना हुन्छ । यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन । अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटा मानिसहरु अल्छी गर्न सक्दैनन् ।

अध्यन यो पनि भन्छ मोटी महिलासँग स’म्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्लै तनाव नलिने प्रकृतिको हुन्छ । यर्सथ मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन् । एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ ।

मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर ष’डयन्त्र गर्ने खालका हुँदैनन । उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन् । यसरी दाम्पत्य जीवन खुःशी र सफल हुन्छ उनिहरुले सन्तानलाई पनि यसरी नैं प्रेम गर्छन अनी परिवारलाई पनि ।

यहाँ गरिएका कुराहरुमा हामीले केही परिमार्जन गरेका हौं तर दावा गरेका होईनौं । यो नितान्त अध्यनले देखाएको कुरा हो त्यसैले तपाईको प्रेम सम्बन्ध राम्रो बनाउन्को लागि एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्नुहोस् । यति भएको खण्डमा झण्डै सबै सम्बन्धहरु दिगो र टिकाउ हुन्छन् । समय पोस्ट बाट साभार ।
‘फुली’ बेचेर ल्याएको २ सयको चामल जाउलो खाएर सकियो, अब के खाने ?
भक्तपुर । भक्तपुरमा रहेका चार जना बालबालिका एउटा सानो झु’पडीमा बस्छन् । उनीहरुको अभिभावक कोही छैनन् । एउटा सानो कोठामा बसेका अभिभावक विहिन ति बालबालिकालाई लकडाउनले खाने गास खोसिएको छ । सलिना, उर्मिला, मुना र मनिष रिजाल नाम गरेका यि बालबालिकाको अवस्था निकै दयनिय छ ।

उनीहरुको बाबाले अर्कै विवाह गरेर श्रीमती लिएर हिडे । बाबाले विवाह गरेर हिडेपछि त्यसको केही महिनामा आमा पनि हिडिन् । सबैभन्दा जेठी १८ वर्षकी छन् । आमाबुवा हिडेपछि उनको काँधमा तीन भाइबहिनीको जिम्मेवारी छ । त्यसैले पढ्दा पढ्दैको विद्यालय छोडिन् ।

भाइवहिनीलाई पाल्नुपर्ने भएकाले उनले ज्याला’दारी काम गर्न थालेकि छन् । उनले ढलान गर्ने काममा सहयोग गर्थिन । अनि त्यसैवाट आएको पैसाले भाइवहिनीको पेट पालेकी छन् । त्यसैले उनी विद्यालय जान छोडिन् । उनले आफ्नो आमाले अब तिमीहरुसंग बस्दिन मामाघर गएर बस्छु भनेर हामीलाई ढाँटेर जानुभयो ।

पछि मामाघर होइन छ अर्केसंग विवाह गरेर जानुभएछ । उनीहरु गएको असार महिना देखि एक्लै छन् । ज्याला मजदुरी गरेर खाने यि चारबालबालिकाको लामो समय देखीको लकडाउनका कारण झु’पडीमा केही छैन । सुत्ने विस्तरा छैन । एउटा म्याटमा चारैजना डल्लो परेर सुत्छन् ।

मामाघरमा आमाले सानो जातसंग विवाह गरेको भनेर कसैले हेर्दैनन् । बुवातिरको हजुरवुवा दुइवटा फुपुसंग बस्ने गरेको र उनले पनि वास्ता नगरेको उनले बताइन् । हजुरवुवा बसेको ठाउँमा अटाउने ठाउँ नै छैन त्यसैले कसैले बोलाउँदैनन् । उनीहरुले एक किलो चामल केही दिन अघि किनेका थिए त्यसैमा धेरै पानी हालेर जाउलो बनाएर खाएका छन् ।

२ सय रुपैयामा फुली बेचेर चामल लिएर आएको जेठी छोरीले बताइन् । त्यही पैसाले ल्याएको चामलले जाउलो खाएको ७ दिन भइसक्यो । त्यो वाहेक केही खाएका छैनन् । बसेको झुप’डीमा राम्रोसंग सुत्न र बस्न पनि मिल्दैन । यसरी अलपत्र पारेर जाने आमाबुवाको उनीहरुलाई निकै याद आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *