अभिनेत्री उर्वशी बीच सडकमा यस्तो रुपमा देखिईन् , फ्यान भन्छन्– ब्यूटी पार्लरको पैसा नदिएर भागे जस्तो लाग्छ • OSNepal

अभिनेत्री उर्वशी बीच सडकमा यस्तो रुपमा देखिईन् , फ्यान भन्छन्– ब्यूटी पार्लरको पैसा नदिएर भागे जस्तो लाग्छ • OSNepal

मनोरञ्जन

Sharing is caring!

बलिउड अभिनेत्री उर्वशी रौतेला फिल्ममा खासै सक्रिय नहुने भएपनि आफ्नो व्यक्तिगत जीवनका कारण उनी सधैं लाइम लाइटमा रहन्छिन् । हालै, भारतीय क्रिकेटर ऋषभ पन्तको दुर्घटना पछि, अभिनेत्रीले यस्ता धेरै क्रिप्टिक पोस्टहरू पोस्ट गरिन् जसका कारण उनी सोशल मिडियामा हेडलाइन बनिरहेकी छिन्। अर्कोतर्फ, उर्वशी आफ्नो स्टाइलिस स्टाइल र एयरपोर्ट लुक्सका कारण चर्चामा कम छैनिन् ।

तर, यसका लागि उनलाई पटकपटक सामाजिक सञ्जालमा ट्रोलको सिकार हुनु परेको छ ।तर उर्वशी उर्वशी भएकाले उनलाई यी कुराले कुनै फरक पर्दैन । यसपटक पनि अभिनेत्रीले केही यस्तो गरेकी छिन्, जसका कारण उनी निकै ट्रोल भइरहेकि छन् ।वास्तवमा उर्वशी रौतेलाको एउटा भिडियो सामाजिक सञ्जालमा लगातार भाइरल भइरहेको छ । यस भिडियोमा उर्वशी सुनौलो ब्यूटी मास्क लगाएर ब्यूटी पार्लर बाहिर सडकमा हिडिरहेको देखिएकी छिन् ।

अभिनेत्रीको यो भिडियोलाई लिएर मानिसहरुले निकै प्रतिक्रिया दिइरहेका छन् । उर्वशीको यो भिडियो उनको इन्स्टाग्राम अकाउन्टमा शेयर गरिएको छ, जसमा उनी अनुहारमा ब्यूटी मास्क लगाएर बाटोको बीचमा यता(उता हिँडिरहेकी छिन् ।भिडियोमा उर्वशीले ब्यूटी मास्कसँगै सनग्लास लगाएको देख्न सकिन्छ । कपाल फ्याँकेर पोज पनि दिइरहेकी छिन् ।

नायिका आफ्नो स्टाइलका कारण निकै ट्रोल भइरहेकि छन् । उर्वशीको यो भिडियो हेरेर फ्यानहरुले कमेन्ट बक्समा सोधिरहेका छन् कि उनले ब्यूटी पार्लरलाई पैसा दिएकी छैनन् । एक प्रयोगकर्ताले लेखे, ुम्याडमले ब्यूटी पार्लरको पैसा नदिएर भागे जस्तो लाग्छ।ु अर्का प्रयोगकर्ताले लेखेका छन्, ुउनकी आमाले मुख पहेँलो भएपछि उनी कहाँ आइन् भन्ने बताइन् होला।ु

Leave a Reply

Your email address will not be published. Required fields are marked *