१८ बर्ष अघि अडिसन दिन जाँदा साउथ सुपरस्टार रामचरण यस्ता थिए • OSNepal

१८ बर्ष अघि अडिसन दिन जाँदा साउथ सुपरस्टार रामचरण यस्ता थिए • OSNepal

मनोरञ्जन

Sharing is caring!

अहिले रामचरण निकै चर्चामा छन् । कारण हो, आरआरआर फिल्मको नाटु नाटु गीतले ओस्कार जित्नु । उनले ओस्कार विजेता आरआरआरका लागि आफ्ना फ्यानहरूबाट प्रशंसा पनि पाइरहेका छन्। आफ्नो अभिनय कौशलले सबैलाई चकित पारेको रामचरणको क्यारेक्टरको देश र विश्वभर निकै प्रशंसा भइरहेको छ । अभिनेताले आफ्नो ३८ औं जन्मदिन मनाएका छन् ।

अभिनेता विश्वभर पनि निकै चर्चित भएका छन् । ‘नाटु–नाटु’ले ओस्कार जितेपछि पुरै स्टारकास्ट चर्चामा छ । यतिबेला उनको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो भिडियो उनको पहिलो अडिसनको हो । यो भिडियो करिब १८ वर्ष पुरानो हो जब अभिनेता मुम्बईको एक्टिङ्ग स्कुलमा पढ्दै थिए । यो भिडियोमा उनलाई चिन्न निकै गाह्रो छ ।

यसमा उनको लुक र स्टाइल बिल्कुलै फरक थियो । भिडियोमा उनको लामो कपाल देखिन्छ । उनी निकै पातलो पनि देखिन्छन् । रामचरणले अभिनेत्री श्रिया सरनसँग यो अडिसन दिएका थिए र यी दुवै अभिनेता आज साउथ सिनेमाका ठूला नाम हुन् । अभिनेताको यो भिडियो देखेर मानिसहरु छक्क परेका छन् र उनको तारिफ गरिरहेका छन् । सन् २००७ मा रिलिज भएको फिल्म ‘चिरुथा’ले बक्स अफिसमा आतंक मच्चाएको थियो ।

यो रामचरण तेजाको डेब्यु फिल्म थियो । त्यसबेलादेखि, उनले धेरै तेलुगु फिल्महरूमा अभिनय गरिसकेका छन् र बक्स अफिसमा सफलता हासिल गरेका छन्। यससँगै उनले राजामौलीसँगको फिल्म ‘मगधीरा’बाट विश्वभर फरक पहिचान पाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *