प्रेमिका सृष्टिसँग ब्रेकअप भएपछि सौगातले भने

प्रेमिका सृष्टिसँग ब्रेकअप भएपछि सौगातले भने

मनोरञ्जन

Sharing is caring!

काठमाडौं – अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअप भएको छ। ब्रेकअप भएको कुरा स्वयम अभिनेता सौगात मल्लले स्विकार गरेका छन् । उनले दुबै जनाले आफ्नै तरिकाले काम गर्ने भनेर सहमतिमै अलग भएको बताएका छन ।

काम गर्नुपर्ने समयमा काममै फोकस गरौं भनेर अलग हुने निर्णय लिएको सौगातले बताएका छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका सौगात र सृष्टि विवाह गर्ने तयारीमा थिए। तर अभिनेता सौगातले विवाहको तयारी नभएको बताए।

अभिनेत्री सृष्टिले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट सौगातको तस्बिर हटाएसँगै ब्रेकअप भएको चर्चा चलेको थियो।बिहेको कुरा प्रेसर भएर पनि आएको होला। हामीले प्रेम सम्बन्धमा रहेको खुलासा गरेपछि बिहे कहिले गर्ने भन्ने प्रश्न धेरै आउन थाल्यो।

यसैक्रममा अब छिट्टै बिहे गर्ने भनेका हौं। बिहे नै गर्ने भनेर तयारी गरेका थिएनौं,’ उनले भने।सौगात यतिबेला ुपशुपति प्रसाद २स् भष्मे डनु को छायांकनमा व्यस्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *