जहाँ जाँदा पनि यो जोडीले तान्ने गर्छ सबैको ध्यान , छोरीको आमा भएर पनि अनुष्काको फिट फिगर • OSNepal

जहाँ जाँदा पनि यो जोडीले तान्ने गर्छ सबैको ध्यान , छोरीको आमा भएर पनि अनुष्काको फिट फिगर • OSNepal

मनोरञ्जन

Sharing is caring!

बलिउड अभिनेत्री अनुष्का शर्मा र विराट कोहली इन्डस्ट्रीको सबैभन्दा मनमोहक र सुन्दर जोडी मध्ये एक हुन् । उनीहरुको तस्बिर सामाजिक सञ्जालमा आउने बित्तिकै भाइरल हुन्छ । हालै अनुष्का शर्मा र विराट कोहलीले मुम्बईको एक फेसन कार्यक्रममा एन्ट्री गरेका थिए । यस कार्यक्रममा अभिनेत्रीलाई क्लासी लुक देखिएको थियो भने विराट कोहलीले पनि आफ्नो ड्यासिङ लुकले सबैको ध्यान तानेका थिए ।

फेसन इभेन्टमा अनुष्का शर्मा पहेँलो लुगामा देखिएकी थिइन् भने विराट कोहली सुट–बुटमा देखिए । सबैको नजर अनुष्काको फिट फिगरमा टिकेको थियो । छोरीकी आमा भएपछि उनले आफ्नो फिगरलाई राम्रोसँग कायम राखेकी छिन् । यो जोडी कार्यक्रममा प्रवेश गर्नेबित्तिकै सबैको नजर उनीहरुमाथि नै अड्किएको थियो ।

अनुष्का शर्माले आफ्नो सोसल मिडिया अकाउन्टमा यस फेसन कार्यक्रमका सबै तस्बिर सेयर गरेकी छिन्, जसमा विराट कोहलीले जवाफ दिँदै हार्ट इमोजी पठाएका छन् । योसँगै फ्यानहरुले पनि उनीहरुको फोटोमा कमेन्ट गरिरहेका छन् । सामाजिक सञ्जालमा सबैले उनलाई माया पठाइरहेका बेला एक प्रयोगकर्ताले उनको लागि निकै सुन्दर जोडी लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *