हट फिगरका कारण सामाजिक संजालमा भाईरल ‘मुना गौचन

हट फिगरका कारण सामाजिक संजालमा भाईरल ‘मुना गौचन

मनोरञ्जन

Sharing is caring!

मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । चलचित्र चपली हाइट–२ बाट अभिनय यात्रा थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन् । चलचित्रलाई दर्शकले साथ नदिए पनि उनको अभिनय र रुपको निकै चर्चा भयो । चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् ।

उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत जितिन् । विभिन्न र्याम्पमा समेत सहभागिता जनाउँदै आएकी छिन् । अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । मिस इको नेपाल २०१९’ विजेता मुना गौचनले इजिप्टमा आयोजना भएको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०१९’मा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

६० देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगिता लागि यो सिजनको उनी एक्लो प्रतिनिधि हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले राजधानीमा एक कार्यक्रमको आयोजना सहित उनलाई केही पहिले ‘मिस इको इन्टरनेशनल नेपाल २०१९’को ताज लगाउदै प्रतिनिधि चयन गरेको थियो ।

गौचन नेपालको पाँचौ सहभागी हुन् । यस अगाडी प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य र गतबर्ष मौनता लामाले भाग लिएका थिए । करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताएका थिए ।
नेपाली ड्रेस र देशमा रहेको सांस्कृतिक र प्रर्यटकिय स्थानको पहिचान सहितको डकुमेन्ट्री लिएर आफु प्रतियोगितामा सहभागी भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *