सामाजिक सन्जालमा भाईरल यि युबतिको चतिर्कला हेर्नुहोस् भिडीयो सहित

सामाजिक सन्जालमा भाईरल यि युबतिको चतिर्कला हेर्नुहोस् भिडीयो सहित

मनोरञ्जन

Sharing is caring!

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ ।

के हो टिक टक ?

टिक टिक एक सोसल मिडिया एप्लिकेसन हो । जसका माध्यमबाट स्मार्टफोन प्रयोगकर्ताले छोटा छोटा भिडियो (१५ सेकेण्ड सम्मका) बनाएर शेयर गर्न सक्दछन् ।

बाइट डान्स नामक कम्पनीले यो एप बनाएको हो । टिक टक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिक टक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।

गुगल प्लेमा टिक–टकको परिचय short videos for you भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ: टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनाबटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिक टकका केही खास तथ्य

· टिक टकबाट भिडियो बनाउँदा तपाईंले आफ्नो आवाजको प्रयोग गर्न सक्नुहुन्न । केवल आवाज अनुसार ओठ चलाए (लिप सिङ्क गर्नु) पुग्छ ।

· जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।

· जसलाई अरेन्ज टिक प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

टिकटकबाट आम्दानी

टिकटकका केही फाइदा पनि छन् । खासगरी गाउँ तथा स साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने तथा मनोरञ्जन गर्ने निकै राम्रो माध्यम बनिरहेको छ ।कतिपय मानिस यसको माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइ रहेका छन् ।

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउँदछन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर होउन्, कमेडी गर्न आओस् अनि गाउने तथा नाच्ने कला पनि होस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त हुन्छ ।

साथै संघर्षको सुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा सामेल गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको प्रचारप्रसार पनि हुन्छ ।

यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउँदछ वा कुनै स्याम्पुको बोतल देखाउँदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय हुन्छ ।

विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् तपाईंको भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दछ ।

फाइदा मात्र होइन, खतरा पनि

टिकटकमा सबै राम्रो कुरा मात्र छ भन्ने पनि होइन । यसको नकारात्मक पाटो पनि छ ।

· गुगल प्ले स्टोरमा भनिएको छ कि यो एप केवल १३ वर्षमाथिकाले मात्र चलाउन पाउँदछन् । यद्यपि, यो नियम पालना भएको देखिँदैन । बच्चाहरुलाई पनि टिकटकमा भिडियो बनाएर राख्ने गरिएको छ ।

· गोपनीयताको कुरा गर्ने हो भने टिककट निकै असुरक्षित र खतरनाक छ । किनकि यसमा केवल दुईवटा प्राइभेसी सेटिंग्स गर्न सकिन्छः पब्लिक र वन्ली । अर्थात् भिडियो देख्नेहरुमा कुनै छनौट गर्न सकिँदैन । या त तपाईंले आफ्नो भिडियो आफैंले मात्र हेर्ने, या त दुनियाँ सबैलाई देखाउने ।

· यदि कोही प्रयोगकर्ता आफ्नो टिकटक अकाउन्ट डिलिट गर्न चाह्यो भने पनि आफ्नो मनलाग्दी गर्न सक्दैन । यसका लागि उसले टिकटकसँग अनुरोध गर्नुपर्दछ ।

· टिकटक पूर्ण रुपमा सार्वजनिक भएको हुँदा कसैले पनि टिकटकमा रहेको जो कसैलाई फलो गर्न सक्दछ, मेसेज गर्न सक्दछ । यस्तोमा कुनै आपराधिक प्रवृत्तिका मानिसले टिकटकमा सानो उमेरका बच्चा बच्ची तथा किशोर किशोरीहरुलाई गुमराहमा राख्ने खतरा हुन्छ ।

टिकटक अकाउन्ट विभिन्न खाले अश्लील सामाग्रीहरुले भरिएको छ । यसमा कुनै फिल्टर छैन । हरेक टिकटक प्रयोगकर्ताले त्यो देख्न सक्दछ ।विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।

यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुर्व्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ ।विज्ञहरुका अनुसार टिकटक जस्ता सोसल मिडियाले हाम्रो पूर्वाग्रह तथा मानसिकताको पर्दाफास गरिरहेका छन् । यसमा मान्छेको मजाक उडाउने चलन निकै बढेर गएको छ ।

टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरुको भनाई छ । सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अश्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्यधिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको थियो । पछि केही परिवर्तन तथा शर्तनामासँगै टिकटकमाथिको प्रतिबन्ध हटाइएको थियो ।

कुनैपनि एप डाउनलोड गर्दा हामी निकै गम्भीर हुनुपर्ने हुन्छ । तर हामीले एप डाउनलोड गर्दा त्यसका गोपनियताका शर्तहरुमा खासै ध्यान दिँदैनौँ । केवल Yes तथा Allow मा टिक गर्दै अघि बढ्दछौँ । आफ्नो स्मार्टफोनको फोटो ग्यालरी, लोकेसन तथा फोन नम्बरहरु सबैमा एपलाई एक्सेस दिन्छौँ । त्यसपछि हाम्रो डाटा कहाँ गैरहेको छ ? कसले केमा प्रयोग गरिरहेको छ ? हामीलाई केही थाहा हुँदैन ।

आजकल धेरैजसो एपहरुले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा काम गर्दछन् । यस्तोमा यदि तपाइँले त्यस्ता एपलाई एकपटक मात्र प्रयोग गर्नुभयो भनेपनि ती एपले तपाइँसँग सम्बन्धित विभिन्न जानकारीहरु सधैका लागि जुटाइसक्दछ । त्यसैले टिकटक जस्ता एपहरुको प्रयोग गर्दा निकै होसियार हुनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *