सुन्दर युवतीको तस्वीरमा सैनिक लोभिएपछि…!

सुन्दर युवतीको तस्वीरमा सैनिक लोभिएपछि…!

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ । इजरायली सैनिकले आफ्ना दर्जनौ सैनिकको स्मार्ट फोन ह्याक भएको बताएको छ । इजरायिली सेनाका अनुसार सुन्दर युवतीहरुको तस्वीर पठाएर सैनिकहरुको स्मार्ट फोन ह्याक गरिएको बताईएको छ ।

सेनाका प्रवक्ताका अनुसार सैनिकहरुको फोनमा सुन्दर युवतीहरुको तस्वीर पठाइयो र उनीहरुलाई एउटा एप्लिकेसन डाउनलोड गर्न लालच देखाइयो । सैनिकहरुले युवतीको सुन्दर तस्वीर देखेपछि सो एप्लिकेसन डाउनलोड गरे तर उनीहरुले आफ्नो फोन ह्याक भएको पत्तो नै पाएनन् । इजरायिली सेनाले हमाससँग जोडिएकाहरुले आफ्ना सैनिकहरुको स्मार्ट फोन ह्याक गरेको आरोप लगाएको छ ।

गाजा क्षेत्रमा नियन्त्रण गरेको हमास र इजरायलबीच पुरानो दुश्मनी रहेको छ । इजरायली सेनाले सैनिकको स्मार्ट फोन ह्याक गर्ने यो तेस्रो प्रयास भएको र यो निकै कठिन प्रायस भएको बताएको छ । सेनाका प्रवक्ताले भनेका छन् – ‘हामीले यो हेरिरहेका छौ की उनीहरुले सिकिरहेका छन् र आफ्नो क्षमता बढाइरहेका छन् ।’

सेनाले ह्याकरले टुटेफुटेको हिब्रो बोल्ने र प्रवासी भएको दाबि गर्ने युवतीको रुप धारण गरेर सैनिकलाई प्रभावित गरेको बताएको छ ।

ह्याकरले पठाएको युवती सहितको लिंक क्लिक गर्नासाथ स्मार्ट फोनका डाटा लोकेशन र तस्बीरमा सजिलै पुग्न सक्ने भएको सेनाले बताएको छ ।यसका साथै ति स्मार्ट फोन ह्याकरको कन्ट्रोलमा समेत पुगेको बताइएको छ । प्रयोगकर्ताको जानकारी बिना नै तस्बीर लिन सकिने र आवाज रेकर्ड गर्न सकिने बनाएको सेनाले बताएको छ । इजरायली सेनाले यो प्रकरणपछि आफ्ना सैनिकलाई स्मार्ट फोन सतर्कताका साथ चलाउन चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *