अन्जु पन्त भन्छिन ‘विवाह काँडा हो, झिकिसकेंकी छु अर्को किन रोप्नु यस्तै रहेछ जिवन(हेर्नुहोस भिडियो)

अन्जु पन्त भन्छिन ‘विवाह काँडा हो, झिकिसकेंकी छु अर्को किन रोप्नु ? यस्तै रहेछ जिवन(हेर्नुहोस भिडियो)

मनोरञ्जन

Sharing is caring!

गायिका अञ्जु पन्त यतिबेला ‘सिंगल’ छिन् । तर, उनले आफूलाई कहिल्यै सिंगल महशुस गरेकी छैनन् ।कार्यक्रमका लागि जहाँ जान्छिन्, स-परिवार पुग्छिन् । कार्यक्रम आयोजकलाई पहिल्यै भन्छिन्, ‘मलाई बोलाउने हो भने मेरो परिवारका सदस्यलाई पनि सँगै लैजानुपर्छ ।’गायक मनोजराजसँग सम्बन्धविच्छेद गरेपछि अञ्जुसमक्ष विवाहका धेरै प्रस्ताव आए । तर, अब उनी पुनः विवाहको पक्षमा छैनन् ।एकपटक वैवाहिक जीवन भोगिसकेकी अञ्जुलाई के लाग्छ भने विवाह जीवनका लागि एउटा काँडा हो ।

‘एउटा काँडा झिकिसकेकी छु भने अर्को काँडा किन रोप्ने ?’ अञ्जुले उल्टै प्रश्न गरिन् ।जीवनमा एउटा पाठ सिकाउन सहयोग गरेकामा मनोजलाई उनी धन्यवाद दिन्छिन् । अञ्जु र मनोजको कहिलेकाहीं भेट हुन्छ । आपसमा राम्रै बोलचाल हुन्छ ।एउटा कार्यक्रममा अञ्जु निर्णायक थिइन् । मनोजले अवार्ड पाए । मनोजलाई पारिवारिक सल्लाह र सुझावसमेत दिने गरेकी छन्, अञ्जुले । दोस्रो बिहे गरेका मनोजलाई अञ्जुको सुझाव छ, ‘तपाईंको घरमा आमा, दिदी र श्रीमति हुनुहुन्छ, उहाँहरुलाई शितल छहारी दिनुस् ।’

हेर्नुहोस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *