बाइक हाँकेर मुक्तिनाथ पुगे चर्चित तमिल अभिनेता अजित कुमार • OSNepal

बाइक हाँकेर मुक्तिनाथ पुगे चर्चित तमिल अभिनेता अजित कुमार • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । बाइक चढेरै काठमाडौं आएका चर्चित तमिल अभिनेता अजित कुमार मुस्ताङको मुक्तिनाथ मन्दिर पनि बाइक नै चढेर पुगेका छन् । मुस्ताङमा प्रशंसकसँग उनले खिचाएका तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

फिल्मको लोकेसन र छायांकनका लागि उनी मोटरसाइकलमै नेपाल आएका आएका थिए । जोमसोमको होटल म्याजेस्टीमा बसेका अजित कुमार मुक्तिनाथ दर्शनका लागि पुगेका थिए ।

त्यहाँ उनले स्थानीय बासिन्दा, प्रहरी र सञ्चारकर्मीसँग तस्वीर खिचाएका छन् ।पूर्वी नेपालको झापा, जनकपुर र सिन्धुली हुँदै काठमाडौं आइपुगेका उनी पोखरा बस्न पुगेका थिए । त्यहाँबाट सडक मार्गबाट बेनी हुँदै उनी जोमसोम पुगेका हुन् ।

बाइकका सौखिनको परिचय बनाएका अजित ‘राइड फर म्युचुअल रेस्पोक्ट’ अभियानअन्तर्गत अजित नेपाल आइपुगेका हुन् । उनले बाइकमार्फत नेपाल घुम्ने घोषणा पहिल्यै गरिसकेका थिए । नेपालमा जहाँ पुगेका छन्, त्यहाँ उनले स्थानीयसँग अन्तरक्रिया गरेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *