कलाकार दीपकराज गिरीले मदनकृष्णलाई भने

कलाकार दीपकराज गिरीले मदनकृष्णलाई भने

मनोरञ्जन

Sharing is caring!

काठमाडौं -चर्चित हास्य कलाकार जोडी ‘मह’का ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठको आज जन्मदिन परेको छ । जन्मदिनमा उनलाई धेरैले शुभकामना दिइरहेका छन् । शालिन र नम्र स्वभावका उनी धेरैका प्रिय कलाकार हुन् । यहि बिचमा अर्को कलाार दीपकराज गिरीले पनि उनलाई सामाजिक संजाल मार्फत शुभकामना दिएका छन् ।उनले फेसबुकमा मदनकृष्ण श्रेष्ठसँगको तस्विर पोस्ट गर्दै उनको व्यक्तित्वको बयान गरेका छन्।

उनले भगवानले ती २-४ कुरामा ठगेकै कारण उनको व्यक्तिव महान भएको बताएका छन् । उनले लेखेका छन् ‘मदन दाइ ! एउटा कुरा थाहा छ ?
भगवानले हजुरलाई २,४ वटा कुरामा ठगेका छन् नि !
अरूलाइ भन्दा कम दिएका छन् ! के कुरा था छ ?
न अरूको जस्तो रिस देको छ , न इर्ष्या र डाहा पाउनु भा छ , न घमन्ड दिएको छ ‘
शान्त , सरल नम्रता र शिष्टताको ब्राण्ड एम्बेसडर बनाएर पठाइ दिएका छन ‘

अरबौ मान्छेहरूको भिडमा आज त्यही एउटा प्रिय मान्छेको जन्मदिन ! हजुरलाई कोटीकोटी शुभकामना११मदनकृष्णलाई समर्पित गर्दै दिपकले लेखेका यी शब्दजस्तै छन् उनी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *