बलिउड अभिनेत्री उर्वशी रौतेला कुनै न कुनै कारणले चर्चामा रहन्छिन् । अब उनले आफूलाई फिल्म समालोचक बताउने उमैर सन्धुलाई मानहानीको नोटिस पठाएकि छन् । उर्वशी रौतेलाले सामाजिक सञ्जालमा यो जानकारी दिएकी हुन् । उनले उमैर सन्धुसँग निकै रिसाएको बताइन् । आखिर के हो यो मामिला बुझौं। उर्वशी रौतेलाले इन्स्टाग्राम अकाउन्टमा पोस्ट सेयर गरेकी छिन्, ‘मेरो कानूनी टोलीले मानहानीको नोटिस पठाएको छ ।
निसन्देह, म तपाईं जस्ता अश्लील पत्रकारहरूको झूटा र हास्यास्पद ट्वीटहरूबाट धेरै रिसाएको छु। तपाईं मेरो आधिकारिक प्रवक्ता हुनुहुन्न। हो, तपाई एकदमै दिमागहीन पत्रकार हुनुहुन्छ जसले मलाई र मेरो परिवारलाई धेरै असहज महसुस गराउनुभएको छ। यस बाहेक उर्वशी रौतेलाले उमैर सन्धुको ट्विटको स्क्रिनसट पनि सेयर गरेकी छिन्, जसमा लेखिएको छ, ‘युरोपमा फिल्मको सुटिङका क्रममा अखिल अक्किनेनीले बलिउड अभिनेत्री उर्वशी रौतेलालाई दुर्व्यवहार गरे ।
उर्वशी रौतेलाका अनुसार उनी ९अखिल अक्किनेनी० दिमागहीन प्रकारका अभिनेता हुन् र उनीसँग काम गर्न निकै असहज लाग्छ । उर्वशी रौतेलाले यो समाचारलाई झुटो भन्दै उमैर सन्धुविरुद्ध कानुनी कारबाही गर्ने निर्णय गरेकी छिन् । अभिनेत्रीका अनुसार यो खबर बिल्कुल सत्य होइन र उनले यसमा आपत्ति जनाएकी छिन् । उल्लेखनीय छ, अखिल अक्किनेनी आफ्नो फिल्म एजेन्टका कारण चर्चामा छन्।
यसमा उर्वशी रौतेला पनि देखिनेछिन् । केही दिन अघि यो फिल्मको ट्रेलर रिलिज भएको थियो, जसमा अखिल अक्किनेनी एक्सन अवतारमा देखिएका थिए । यो एक ठूलो बजेटको फिल्म हो, जुन अप्रिल २८, २०२३ मा सिनेमाघरमा रिलिज हुने बताइएको छ ।