‘द कपिल शर्मा शो’मा फर्कने भए कृष्णा अभिषेक, यसकारण छाडेका रहेछन् शो • OSNepal

‘द कपिल शर्मा शो’मा फर्कने भए कृष्णा अभिषेक, यसकारण छाडेका रहेछन् शो • OSNepal

मनोरञ्जन

Sharing is caring!

एजेन्सी । भारतीय कमेडियन कृष्णा अभिषेक चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् । कृष्णा आफैंले भारतीय सञ्चार माध्यमहरुसँगको अन्तर्वार्तामा ‘द कपिल शर्मा शो’मा फकृने कुरा गरेका हुन् ।

पैसा र सहकार्यमा केही समस्या भएकाले शो छोडेको र अहिले सम्झौता परिवर्तनका कारण आफु शोमा फर्किएको उनले बताएका छन् । उनले कुनै मनसायले भने शो नछाडेको बताएका छन् ।

यस्तै, कृष्णाले शो मा काम गर्ने अन्य कलाकार र शो का सञ्चालक कपिल शर्मासँग कुनैपनि किसिमको विवाद नभएको र अहिलेपनि आफूहरुको सम्बन्ध राम्रो रहेको बताएका छन् । उनी शोमा फकृने भएपछि उनका फ्यानहरु खुशी भएका छन् । अहिले ‘द कपिल शर्मा शो’ को चौथो सिजन चलिरहेको छ ।

केही अगाडि शो का सञ्चालक कपिलले आफ्नो टोली छुट्टी लागि जुलाईमा अमेरिका भ्रमणमा जाने र केही समयपछि अर्को नयाँ सिजनका साथ कायक्रम सञ्चालन गर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *