मुटुको शल्यक्रियाबाट एक महिना निको भएर सुस्मिता सेन काममा फर्किएकी छिन् । अभिनेत्री उनको आगामी सिरिज ‘आर्य सिजन ३’ को सेटमा निकै फिट लुकमा देखिएकी थिइन् । सुस्मिताले अहिले यो बहुप्रतिक्षित सिरिजको सुटिङ सुरु गरिसकेकी छिन् ।सुस्मिताले आफ्नो सामाजिक सञ्जाल ह्यान्डलबाट फिल्मको सेटमा कमब्याकको घोषणा गरेकी छिन् र आफूले आफ्नो हिट शोको सिजन ३ को लागि आधिकारिक रूपमा सुटिङ सुरु गरेको बताएकी छिन् ।
एक शक्तिशाली नयाँ चरित्र पोस्टर छोड्दै, सुशले आफ्नो ट्विटर ह्यान्डलमा एक टिजर पनि पोस्ट गरेकि छन्। यससँगै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन्, -उनी मतलबी छिन्। उनी निडर छिन्। उनी फर्किइन्। आर्य सिजन ३ को सुटिङ फेरि सुरु भएको छ। सुस्मिता सेनले शेयर गरेको क्लिपमा अभिनेत्री निकै फिट देखिन्छिन् । उनले हातमा तरवार लिएर आफ्नो तरवार कौशल पनि देखाएकि छन् ।
क्लिपमा लेखिएको छ, ‘तेस्रो राउण्डको समय आएको छ । गत महिना सुस्मिता सेनलाई हृदयघात भएको र आकस्मिक अवस्थामा एन्जियोप्लास्टी गर्नुपर्ने खुलासा भएपछि चर्चामा आएकी थिइन् । अभिनेत्रीले आफ्नो मुख्य धमनी ९५ प्रतिशत अवरुद्ध भएको पनि खुलासा गरिन् । यसपछि उनले लगातार आफ्नो स्वास्थ्यको अपडेट फ्यानसँग सेयर गर्दै आएका छन् ।