काठमाडौँ । यतिबेला चलचित्र ‘प्रसाद २’को सर्वत्र चर्चा छ । हालै यो फिल्मेको प्रिमियर कार्यक्रम सम्पन्न भएसँगै यसको चर्चा सुरु भएको हो ।
प्रिमियरमा चलचित्र क्षेत्रसँग सम्बन्धित कलाकार र संचारकर्मीको बाक्लो उपस्थितीमा चलचित्र विकाश बोर्डका अध्यक्ष तथा नायक भुवन केसीको पनि पत्रकारले प्रतिक्रिया मागे । उनले फिल्म गज्जबको बनेको बताए पनि पत्रकारहरुले भने पूजासँग सम्बन्धित प्रश्नले घेरा हालीहाले ।
सुर्दशनको कामको तारिफ गर्दै सुदर्शनसँग सहकार्य गर्न आफू जहिले पनि तयार भएको भुवनले बताइरहँदा पूजा र अनमोल केसीलाई लिएर बनाउने भनिएको फिल्मबाट अनमोलले १० लाख पेश्की नै झिकेका बेला पत्रकारहरुले पूजासँग कहिले काम गर्नु हुन्छ भन्दा भुवनले पूजा आफ्नै मान्छे भएको प्रतिक्रिया दिए ।
जुन प्रतिक्रिया सुनेर पूजा चुप लागेर बसिनन् । पूजाले तत्कालै उत्तर दिँदै भनिन् ‘यो त सब भन्ने कुरा न हो । पूजाको यो प्रतिक्रिया सुनेर भुवनको अनुहार रंग नै फेरिएका थियो । पूजाको कडा उत्तरले भुवनको अनुहार कालो र निलो भएको थियो ।