म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें भन्दै भावुक स्टाटस लेखिन् नायिका वर्षा राउतले • OSNepal

म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें भन्दै भावुक स्टाटस लेखिन् नायिका वर्षा राउतले • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । अभिनेत्री वर्षा राउतले यो सम्झौता भन्ने शब्द छोरी मान्छेलाई मात्र लागू हुन्छ हो ? ’ भन्ने गम्भिर प्रश्न गरेकी छिन् । सामाजिक संजाल इन्स्टाग्राममा उनले एकै पटक चारवटा पोस्ट गर्दै भनेकी छिन् ‘म ती मानिसहरुको वरिपरि रहँदा थाकिसकें, जसले इमानदारिता र वफादारिताको अवधारणा बुझ्दैनन् ।’

त्यस्तै र्ओ पोस्टमा वर्ष लेख्छिन् ‘अब समाजभन्दा आफ्नो मानसिक शान्ति रोज्दैछु । सम्झौता धेरै भयो ।’

वर्षाको बेला बेलामा आउने यस्ता स्टाटस र पति संजोग कोइरालालाई अनफलो गर्ने, तस्विर हटाउने लगायतका उनका गतिबिधिले उनको निजी जीवनमा कुनै समस्या आएको त हैन भनने धेरै प्रश्न उब्जाउँछ ।

उनले इन्स्टाग्राममा लेखेका शब्दहरुले यस्तै केही संकेत गर्छन् । यसअघि पनि वर्षाका यस्तै गतिबिधिले उनको दाम्पत्य सम्वन्धमा दरार आउन लागेको आशंका गरिएको थियो । पछि दुवै जना एै स्थानमा बसेर अन्तरवार्ता दिँदै घुमाएर सम्बन्ध राम्रो नै भएो प्रतिक्रिया दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *