एजेन्सी -छोरी राहालाई जन्म दिएपछि थप व्यस्त बनेकी छन् । पछिल्लो समय उनी आफ्नो कामका साथै छोरी राहा कपुरको हेरविचारमा पनि व्यस्त बनेकी आलियालाई ‘छोरीलाई राम्रो हेरविचार गर्न सकिरहेकी छु कि छैन भन्ने चिन्ताले सताइरहन्छ ।
‘एक महिलाले बच्चा जन्माएपछि आफ्नो करियरलाई सहिद बनाउनुपर्छ नभए उनी आदर्श आमा हुँदिनन्’ भन्ने पुरानो मान्यताले उनलाई थप बोझिलो बनाउछ । भोग म्यागेजिनलाई दिएको अन्तरवार्तामा आलियाले आफ्नो करिअर परिवार काम र बच्चाको विषयमा खुलेर कुरा गरेकी छन् । ‘नयाँ आमाले आफ्ना कुरा बुझ्न समय निकाल्न अत्यावश्यक छ । के गर्ने, यसको निर्णय उनीहरुले आफैँ लिउन् । नयाँ आमालाई समय दिनु पर्छ है भन्ने कुरा फिल्मी उद्योग र अन्य मानिसले बुझ्नुपर्ने उनले बताइन् ।
आलियाले आफू हरेक हप्ता थेरापीका लागि जाने गरेको तथा मानसिक स्वास्थ्यका लागि कडा मेहनत गरेको पनि बताइन् । आलियाले आफ्नी छोरीलाई निकै शान्त र हँसिली भएको बताएकी छिन् । त्यस्तै उनले र पति रणवीरले छोरी राहालाई चितुवा भनेर बोलाउने गरेका पनि खुलासा गरिन् । राहाको गोपनीयताका ख्याल राख्दै आलिया र रणवीर आफ्नी छोरीलाई हालका लागि मिडिया र अन्य मानिसको नजरबाट टाढा रमखेका छन् ।