कुनै समय डेढ वर्षसम्म रिलेशनशिपमा थिए रणवीर कपुर र दीपिका • OSNepal

कुनै समय डेढ वर्षसम्म रिलेशनशिपमा थिए रणवीर कपुर र दीपिका • OSNepal

मनोरञ्जन

Sharing is caring!

रणवीर कपुर र दीपिका पादुकोणको नाम जहिले पनि आउँछ, उनीहरुको विगतको झलक पनि आउँछ । मिडिया रिपोर्टका अनुसार रणवीर कपुरको धेरै अभिनेत्रीहरुसँग सम्बन्ध रहेको भएपनि दीपिका पादुकोणसँगको सम्बन्ध निकै चर्चामा रहेको छ । भनिन्छ, दुवैजना करिब डेढ वर्षसम्म रिलेशनशिपमा थिए र त्यसपछि दुवैको ब्रेकअप भयो ।

अब हेर्नुस्, यदि कुनै अभिनेता र अभिनेत्रीले फिल्ममा काम गर्छ भने उनीहरुले आफ्नो पर्सनल लाइफलाई साइडमा राखेर आफ्नो प्रोफेशनल लाइफमा फोकस गर्नुपर्छ ।सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियोमा एक रिपोर्टरले दीपिका पादुकोण र रणवीर कपूरलाई पूर्व जोडीलाई सँगै स्क्रिन सेयर गरेको देख्नु कत्तिको दुर्लभ छ भनी सोधेको देखिन्छ ?  यो सुनेर दीपिका पादुकोण हाँसेकी थिइन् र यो अनौठो प्रश्न भएको बताइन् ।

यो प्रश्नको जवाफमा रणबीर कपुरले आफ्नो दैनिक तालिका थप्दै दुवैका लागि यो सरल भएको बताए । बिहान उठेपछि हामी दुवै सेटमा जान्थ्यौं र ‘तमाशा’का निर्देशक इम्तियाज अलीले दुवैलाई दृष्य बुझाउँथे ।रणवीर कपुर र दीपिका पादुकोणले अयान मुखर्जीको ‘ये जवानी है दिवानी’ र ‘तमाशा’ जस्ता फिल्ममा सँगै काम गरेका थिए । ब्रेकअपपछि दीपिका र रणवीरसँगको एक अन्तर्वार्तामा जब सोधिएको थियो कि व्यक्तिगत भावनालाई पन्छाएर कसरी सँगै काम गर्ने रु यो प्रश्नपछि अभिनेता र अभिनेत्री अविश्वासी देखिए र दुबै प्रश्नमा अड्किए र दुबैलाई यो प्रश्नको जवाफ दिन अलि गाह्रो भयो र दुबै हाँस्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *