एजेन्सी – लामो समय पछि अभिनेत्री सामथा रुथ प्रभु सामाजिक संजालमा फर्केकी छन् । सामाजिक संजालमा फर्केकी उनले आफ्नो एक तस्विर सेयर गरेकी छन् । उनको यस्तो तस्विर देखेपछि फ्यानहरु दुखी भएका छन् ।
यद्यपी दुखी हुनु पर्ने कारण छैन् किनकी उनले उक्त तस्विर पुरानो सेयर गरेकी हुन् । सार्वजनिक तस्विरमा सामथा अस्पताल भर्ना भएको देखिन्छ । उनले हाइपरबेरिक थेरेपीका बेला लिएको तस्विर हो ।
कामको कुरा गर्दा शाकुन्तलम असफल भएपछि उनी वेब सीरीज ‘सिटाडेल’को सुटिगंमा व्यस्त छन् । सिरिजमा सामन्था र वरुण धवनको अभिनय रहेको छ । त्यस्तै तमिल फिल्म ुकुशीु पनि उनको प्रदर्शनको तयारीमा रहेको फिल्म हो ।