आमा बनेपछि आलियामा मानसकि चिन्ता, लगातार थेरापी गराउँदै • OSNepal

आमा बनेपछि आलियामा मानसकि चिन्ता, लगातार थेरापी गराउँदै • OSNepal

मनोरञ्जन

Sharing is caring!

एजेन्सी – भारतीय अभिनेत्री आलिया भट्टले आमा बनेपछि आफूमा मानसिक चिन्ता बढेको बताएकी छन् । छोरी राहालाई जन्म दिएपछि थप व्यस्त बनेकी आलियाले आफू व्यक्तिगत र व्यावसायिक जीवनमा निकै व्यस्त भएकाे कारणले मानसिक चिन्ता धेरै बढ्न थालेकाे खुलासा गरेकी हुन्।

पछिल्लो समय उनी आफ्नो कामका साथै छोरी राहा कपुरको हेरविचारमा पनि व्यस्त बनेकी आलियालाई ‘छोरीलाई राम्रो हेरविचार गर्न सकिरहेकी छु कि छैन भन्ने चिन्ताले सताइरहन्छ ।

‘एक महिलाले बच्चा जन्माएपछि आफ्नो करियरलाई सहिद बनाउनुपर्छ नभए उनी आदर्श आमा हुँदिनन्’ भन्ने पुरानो मान्यताले उनलाई थप बोझिलो बनाउछ । भोग म्यागेजिनलाई दिएको अन्तरवार्तामा आलियाले आफ्नो करिअर परिवार काम र बच्चाको विषयमा खुलेर कुरा गरेकी छन् । ‘नयाँ आमाले आफ्ना कुरा बुझ्न समय निकाल्न अत्यावश्यक छ । के गर्ने, यसको निर्णय उनीहरुले आफैँ लिउन् । नयाँ आमालाई समय दिनु पर्छ है भन्ने कुरा फिल्मी उद्योग र अन्य मानिसले बुझ्नुपर्ने उनले बताइन् ।

आलियाले आफू हरेक हप्ता थेरापीका लागि जाने गरेको तथा मानसिक स्वास्थ्यका लागि कडा मेहनत गरेको पनि बताइन् । आलियाले आफ्नी छोरीलाई निकै शान्त र हँसिली भएको बताएकी छिन् । त्यस्तै उनले र पति रणवीरले छोरी राहालाई चितुवा भनेर बोलाउने गरेका पनि खुलासा गरिन् । राहाको गोपनीयताका ख्याल राख्दै आलिया र रणवीर आफ्नी छोरीलाई हालका लागि मिडिया र अन्य मानिसको नजरबाट टाढा रमखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *