काठमाडौं -बलिउड अभिनेता समान खान र करण जोहरले २५ वर्षपछि एकसाथ काम गर्ने भएका छन् । भारतीय संचारमाध्यमहरुमा २५ वर्षपछि सलमान र करण एकसाथ फिल्ममा काम गर्ने भनेपछि यसको चर्चा चुलिएको छ ।
सन् १९९८ मा रिलिज भएको ‘कुछ कुछ होता है’ मा दुवैले पहिलोपटक सहकार्य गरेका थिए। शाहरुख खान र काजलको मुख्य भूमिका रहेको फिल्ममा सलमान खान अतिथि भूमिकामा देखिएका थिए। अब यी दुईले एक साथ काम गर्ने भएपछि फ्यानहरु खुशी भएका छन् । करणले धेरैजसो फिल्महरु शाहरुखलाई नै लिएर बनाएका छन् जुन फिल्महरु सफल पनि भएका छन् ।
करणको निर्माण र निर्देशनमा बनेको फिल्ममा काम गर्ने अवसर सलमानलाई जुरेन। तर, अब भने दुबैको सहकार्य हुने लगभग निश्चित भएको भारतिय मिडियाले जनाएका छन् । अर्को वर्षको ईदमा प्रदर्शन हुने यस फिल्मलाई ‘शेरशाह’ का निर्देशक विष्णु वर्धनले निर्देशन गर्ने बताइएको छ । सलमानको किसीकी भाइ किसीका जान अहिले प्रदर्शन भइरहेको छ ।