किमको डुप्लिकेट मोडल क्रिस्टिनाको हृदयघातका कारण निधन • OSNepal

किमको डुप्लिकेट मोडल क्रिस्टिनाको हृदयघातका कारण निधन • OSNepal

मनोरञ्जन

Sharing is caring!

लसएन्जल्स, १५ वैशाख । हलिउड मोडल किम कार्दाशियनको डुप्लिकेट क्रिस्टिना एश्टनको ३४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

किम जस्तै देखिने क्रिस्टिनालाई उनका साथीहरुले किमसँग तुलना गर्थे । उनले किमजस्तै देखिनका लागि कैयौं पटक प्लास्टिक सर्जरीसमेत गरेकी थिइन् । सर्जरीपछि उनी किम जस्तै देखिएकी थिइन् ।

क्रिस्टिनाका परिवारले उनको निधनको पुष्टि गरेको छ । उनको निधन अप्रिल २० मा भएको भए पनि परिवारले हालैमात्र त्यो खबर सार्वजनिक गरेका हुन् ।

किमजस्तै देखिनका लागि क्रिस्टिनले करिब ११ दशमलब १२ करोड रुपैंयाँ खर्च गरेकी थिइन् । यो खर्च उनले प्लास्टिक सर्जरीमा गरेकी थिइन् । यो सर्जरीपछि उनको शरीरमा छाला सम्बन्धी कैयौं समस्या देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *