२५ बर्ष पछि करण जोहरसंग काम गर्दै सलमान खान • OSNepal

२५ बर्ष पछि करण जोहरसंग काम गर्दै सलमान खान • OSNepal

मनोरञ्जन

Sharing is caring!

बलिउड सुपरस्टार सलमान खानले हरेक वर्ष इदको अवसरमा आफ्ना फ्यानका लागि एउटा फिल्म ल्याउँछन् । यो वर्ष उनको फिल्म ‘किसी का भाइ किसकी जान’ रिलिज भएको थियो । अप्रिल २१ मा सिनेमा हलमा रिलिज भएको फिल्मले बक्स अफिसमा सय करोडको आँकडा पार गरेको छ । तर, सलमान खानको यो फिल्मलाई दर्शकले रुचाएका छैनन् ।

यसैबीच अभिनेताका फ्यानका लागि ठूलो खबर आएको छ । जसका अनुसार सलमानले अर्को वर्षको इद २०२४ को तयारी गरेका छन् । मिडिया रिपोर्टका अनुसार सलमान खानले फेरि एक पटक फिल्म निर्माता करण जोहरसँग काम गर्ने मन बनाइसकेका छन् । उनले करण जोहरसँग फिल्मका लागि हात मिलाएएका छन् । यो फिल्म अर्को वर्ष २०२४ को इदको अवसरमा रिलिज हुनेछ ।

जस मार्फत सलमान खान र करण जोहर करिब २५ वर्षपछि एकसाथ आउनेछन् । सलमान खान पछिल्लो पटक करण जोहरको ‘कुछ कुछ होता है’ मा देखिएका थिए । यस फिल्ममा अभिनेता सहायक भूमिकामा देखिएका थिए । यसैबीच, २५ वर्षपछि सलमान फेरि एकपटक करण जोहरसँग काम गर्न लागेका छन् । मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने फिल्मका लागि निर्देशक पनि फेला परेका छन् ।

शेरशाहका निर्देशक विष्णु वर्धनले यो अनटाइटल फिल्मलाई निर्देशन गर्नेछन् । तर, अहिलेसम्म कुनै सम्झौता भएको छैन । सलमान खानको यो अनटाइटल फिल्म २०२४ को ईदको अवसरमा रिलिज हुनेछ । यसबारेमा कुरा गर्दै फिल्मसँग नजिक रहेको स्रोतले मनोरञ्जन मूल्यलाई ध्यानमा राख्दै विष्णु वर्धनभन्दा को राम्रो हुने बताए । उनले शेरशाहको निर्देशन मात्रै गरेनन्, साउथ इन्डस्ट्रीमा धेरै ब्लकबस्टर फिल्म पनि गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *