शाहरुखको 'जवान' अमिताभको 'आखिरी रास्ता'बाट प्रभावित ! • OSNepal

शाहरुखको ‘जवान’ अमिताभको ‘आखिरी रास्ता’बाट प्रभावित ! • OSNepal

मनोरञ्जन

Sharing is caring!

मुम्बई, १६ बैशाख । अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ लाई लिएर अहिले विभिन्न समाचारहरु सार्वजनिक भइसकेका छन् । यो फिल्ममा अभिनेता शाहरुख दोहोरो भूमिकामा देखिँदैछन् । फिल्मको बजेटदेखि लिएर स्टारकास्टसम्मका कुरा दर्शकमाझ आइसकेको छ ।

अहिले भने फिल्मको कथालाई लिएर नयाँ खबर बाहिर आएको छ । यो फिल्मको प्लटलाई निर्माण पक्षले सुरुवातदेखि नै गोप्य राख्दै आएको थियो । तर अहिले भने यसको गोपनियता पनि बाहिरिएको छ ।

समाचार अनुसार यो फिल्म अमिताभ बच्चनको फिल्म ‘आखिरी रास्ता’ बाट प्रभावित छ । ‘आखिरी रास्ता’ पनि कमल हासनको तमिल फिल्म ‘ओरु कैदियिन डायरी’को आधिकारिक रिमेक थियो ।

‘आखिरी रास्ता’ या ‘ओरु कैदियिन डायरी’ मा अमिताभ तथा कमल हसन पिता र छोराको दोहोरो भूमिकामा थिए । ठीक यसै गरी शाहरुख पनि ‘जवान’ मा पिता र छोरोको भूमिकामा देखिँदैछन् । ‘आखिरी रास्ता’ को जस्तै ‘जवान’ ले पनि एक बदलाको कथा बोल्नेछ’, निर्माण स्रोतले भनेको छ ।

‘जवान’ निर्देशक एटली कमल हासनको फिल्मका ठूला फ्यान हुन् । सोहीकारण उनले आफ्नो फिल्ममा कमलको कथाको मुख्य भाग लिएका छन् ।‘जवान जुन २, २०२३ मा रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *