काठमाडौँ । शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएको फिल्म हो ‘प्रसाद २’को अर्को गीत सार्वजनिक भएको छ । फिल्म रिलिज भएको तेस्रो दिन निर्माण युनिटले ‘क्रान्ति’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिन, केकी, अर्पण लगायतको अभिनय छ । गीतले विद्रोहको कुरा गर्छ । गीतमा विक्रम स्वरको कोरियोग्राफी छ ।
फिल्मको यो गीतमा राजनराज सिवाकोटीको शब्द, संगीत र स्वर छ । फिल्ममा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको अभिनय छ । शुदर्शन थापाले निर्देशन गरेको फिलमलाको सुशिल पौडेलले लेखेका हुन् । सुदर्शन बस्नेतको लगानीमा तयार भएको फिल्म ‘प्रसाद’को सिक्वेलको रूपमा निर्माण भएको हो । फिल्मले जातीय विभेदमाथिको राजनीति कथाको रूपमा उठाएको छ ।