बलिउडका रोमान्स किंग ऋषि कपुरको सामाजिक सञ्जालमा कहिले नदेखिएको फोटो शेयर गर्दै नितुले लेखिन यस्तो स्टाटस • OSNepal

बलिउडका रोमान्स किंग ऋषि कपुरको सामाजिक सञ्जालमा कहिले नदेखिएको फोटो शेयर गर्दै नितुले लेखिन यस्तो स्टाटस • OSNepal

मनोरञ्जन

Sharing is caring!

आज बलिउडका दिग्गज अभिनेता ऋषि कपूरको पुण्यतिथि । ऋषि कपूरले आफ्नो अभिनयले हिन्दी सिनेमामा विशेष स्थान बनाएका थिए । जुन उनको मृत्युपछि पनि कायमै छ । उनको परिवारसँगै उनका फ्यानहरुले उनलाई कहिल्यै बिर्सन सक्दैनन् । आज ऋषि कपूरको पुण्यतिथिको अवसरमा उनकी पत्नी नीतु कपूरले केही नदेखेका तस्विरहरु शेयर गर्दै उनलाई सम्झाएकी छिन् ।

तीन वर्षअघि आजकै दिन ऋषि कपूरले यस संसारलाई अलविदा गरेका थिए । यो दुस्खद खबरले उनको परिवार, उनका फ्यानहरू र उनलाई चिन्नेहरूलाई चकित बनायो। उनको बिदाइमा सबै दुखी थिए । ऋषिको निधनको खबर उनका फ्यानका लागि ठूलो धक्का थियो । अब आज ३० अप्रिलमा ऋषिको पुण्यतिथिमा नीतु कपूरले नदेखेको तस्विर शेयर गरेकी छिन् ।

जसको क्याप्शनमा उनले लेखेकि छन् – तिमीलाई हरेक पल हरेक राम्रो सम्झनामा याद गरिन्छ। ऋषि र नीतु कपूरकी छोरी रिद्धिमा कपूरले पनि आफ्नो बुवाको पुण्यतिथिमा नदेखेको तस्विर शेयर गरेकी छिन् । जसलाई नीतु कपुरले आफ्नो स्टेटसमा सेयर गरेकी छिन् । ऋषि कपूर र नीतु कपूरको साथमा रणवीर कपूर, रिद्धिमा कपूर र उनकी छोरी समरा साहनी पनि यो खुसी पारिवारिक फोटोमा देखिएका छन्।

बलिउडका रोमान्स किंग भनेर चिनिने ऋषि कपुरले ५० वर्षको फिल्मी करियरमा करिब १२१ फिल्म गरेका थिए । यद्यपि उनी निकै खुसी व्यक्ति थिए तर लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । यसैबीच ३० अप्रिलमा उनको निधनको खबरले सबैलाई चकित बनाएको थियो । लकडाउनका कारण उनको अन्त्येष्टिमा २०–२५ जना मात्र सहभागी हुन पाएका थिए । उनको अन्तिम फिल्म शर्माजी नमकीन थियो जुन उनको मृत्यु पछि रिलिज भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *