‘वेश्या’ -लिलु शर्मा-

मनोरञ्जन

Sharing is caring!

ओ हेलो
आउनुस जाऔं
पाँच सय दिए पुग्छ
कसैले तेरो शरीरको मूल्य कति भनेर सोध्दा
म पाँच सय भन्न सक्छु
म सङ्ग पाँच सयदेखि पाँच हजारसम्मका ग्राहक छन्
कोही एक बोत्तल बिएर अनि
एक प्लेट सेकुवाका ग्राहक
कोही डिस्को फ्रीमा लग्ने ग्राहक
म हरेक रात फरक फरक मान्छेसङ्ग हुन्छु
धेरैले चिन्छन् मलाई
तर पनि म एक्लो छु
उ कति पवित्र छ।‘वेश्या’ -लिलु शर्मा-

जो रातमा मसङ्ग सुतेर गयो
उसलाई दिउँसो अफिसमा सर भन्छन्
जसले रातमा मेरो योनीको यौन पूजा गरेर गयो
उसलाई दिउँसो मन्दिरमा पुजारी बा भनेर पुज्छन्
जो रातमा मसङ्ग शरीरको राजनीति गरेर गयो
उसलाई दिउँसो जनताले सलाम नेता जी भन्दै नमस्ते ठोक्छन्
जो राती मसङ्ग भाउको मोलतोल गरेर गयो
उसलाई दिउँसो ग्राहकले साहुजी भन्छन्
तर मलाईचाहिँ वेश्या भनेर चिन्छन्
अनि म अपवित्र मानिन्छु ।

म मेरो शरीर बेचेर
छोराको कलम किन्छु
मेरो रात बेचेर छोरीको उज्यालो भविष्य किन्छु
म मेरो सास बेचेर आमाको आयु किन्छु
म आफै बेचिएर
साझको एक गाँस किन्छु
म पढेकी छैन
तर जीवन धेरै बुझेकी छु
आफ्नो सिन्दुरको रङ्ग उडेको वर्षौ भैगो
जब बिहे भएको चार वर्षैमा घरबाट निकालिए
तर पनि यो रङ्ग उडेको जीवनले
छोराछोरीलाई जीवनको रङ्ग किन्न
म वेश्या बने
म आफ्नो लागि मरेको त उहिले हो
ए पुरुष ! हल्ला नगरी देउ ल
जुन दिन मेरा छोराछोरीले सुन्नेछन्
हो त्यही दिन म सबैको लागि मर्नेछु
सबैका लागि मर्नेछु
सधैंका लागि मर्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *