लकडाउनमा समस्यामा परेका परिवारलाई श्रीमान उदिपसंगै आँचलले बाँडिन् राहत

लकडाउनमा समस्यामा परेका परिवारलाई श्रीमान उदिपसंगै आँचलले बाँडिन् राहत

मनोरञ्जन

Sharing is caring!

काठमाडौ, बैशाख ११ – हालै मात्र प्रेमी उदिपसँग लगनगाँठो कसेकी लोकप्रिय नायिका आँचल शर्माले लकडाउनका समयमा भोक भोकै रहेका मजदुरका लागि राहत वितरण गरेकी छिन् ।अभिनय यात्राको आरम्भ चलचित्र ‘नाइँ नभन्नु ल ४’ बाट गरेकी सुन्दरी आँचल नायिकाका अलावा मोडल र भिजे पनि हुन् ।

उनले हालैश्रीमान उदिप श्रेष्ठसंगै एक सय घरलाई राहत स्वरुप खाद्यान्न वितरण गरेकी हुन् ।कैयौँ म्यूजिक भिडियोमा अभिनय गरेर दर्शकको मन जितेकी यि सुन्दरीले फागुन २९ गते चितवन निवासी डा। उदीप श्रेष्ठसँग विवाह गरेकी हुन् ।

लकडाउनका कारण समस्यामा परेका मानिसहरुलाई कयौ कलाकारले आर्थिक सहयोग गरिरहेका छन् । त्यस्तै उनले पनि जोखिमको समयमा राहत वितरण गर्ने लागेका बताएकी छिन् । उनले आफ्नो जन्मदिनमा अनाथ आश्रमका बालबालिकालाई सहयोग गरेर मनाएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *