के पातली हुँदैमा महिलाको स्तन पनि सानो हुन्छ

के पातली हुँदैमा महिलाको स्तन पनि सानो हुन्छ

मनोरञ्जन

Sharing is caring!

स्तन शिशुका लागि दूध बनाउन मात्र होइन, यौ न का दृष्टिकोणले पनि धेरै नै महत्त्वपूर्ण अ’ङ्ग हो । किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले युवतीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ । स्तनको वृद्धि धेरैजसोमा ११ वर्षको उमेरमा सुरु भएर १५ वर्षमा लगभग पूरा हुन्छ । स्तनको आकार तथा आकृतिको महिलाको मानसिकतामा महत्वपूर्ण प्रभाव हुन सक्छ ।

स्तनसँग आत्मसम्मानको कुरा पनि जोडिएको हुन्छ । यसको आकार वा आकृतिका बारेमा स्वास्थ्यभन्दा सुन्दरताका कारणले बढी चिन्ता गरिने कुरा अनुसन्धानहरूले देखाएका छन् । व्यक्तिअनुरूप स्तनको स्वरूप एवं आकारमा धेरै विविधता पाइन्छ । स्तनको आकार वा स्वरूपलाई प्रभाव पार्ने प्रमुख कुरा निम्न छन् ।

स्तनका तन्तुको मात्रा पारिवारिक इतिहास, उमेर, तौल बढ्नु वा घट्नु, स्तनको छालाको मोटाइ वा तन्कन सक्ने गुण रागरस हार्मोनहरूको प्रभाव । स्तनको विकासका क्रममा यसको आकार र कडापनमा पनि परिवर्तन हुन्छ । किशोरावस्थामा स्तनको तन्तु बढ्दै जाँदा यो गोलाकार हुन्छ र त्यति बेला यसका तन्तुहरू पनि निकै खाँदिएका हुनाले वयस्क उमेरका महिलाभन्दा कडा हुन्छ ।

उमेर बढ्दै गएपछि स्तनको खँदिलोपन पनि घट्दै जाने हुनाले पहिलेको तुलनामा नरम हुँदै जान्छ । स्तनको आकारमा वंशाणुगत प्रभाव एकातिर हुन्छ भने अर्कातिर पोषणको । यी दुवैको संयुक्त प्रभाव स्तनको आकार निर्धारणमा महत्वपूर्ण छ । आमा र दिदीहरूको स्तनको आकार प्रकारसँग धेरै मिल्नु वंशाणुगत कारण हुनसक्छ ।

पातली हुँदैमा स्तन पनि साना हुन्छन् र ।

शरीरको तौल अनुसार अन्य भाग जस्तो ठयाक्कै नहुने भएपनि तौल कम हुँदाको स्तन पनि सानो हुने स्थिति रहन्छ । हामी शरीरको कति हेरेर तौल सामान्यभन्दा कम वा बढी भएको निक्यौल निकाल्छौं । सामान्यत हामी वयस्क व्यक्तिको उचाइ र तौलका आधारमा शरीरमा कति बोसो छ नाप्छौं । हुन त यो पद्धतिका पनि आफ्नै सीमितताहरू छन् । यो यदि १८ दशमलव ५ देखि २४ दशमलव ९ सम्म छ भने त्यसलाई सामान्य तौल मानिन्छ । हरेक पल डट कम बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *