भगवान श्रीकृष्ण महान वाणीहरु

भगवान श्रीकृष्ण महान वाणीहरु

मनोरञ्जन

Sharing is caring!

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै ७ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी ७ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

श्रीकृष्णलाई विष्णु भगवानको अवतारका रुपमा लिइन्छ । उनै भगवान श्रीकृष्णलाई नीतिज्ञ, शक्तिमान, वौद्धिक, तार्किक क्षमतावानका हिसावले सर्वश्रेष्ठ पनि मानिन्छ । यतिमात्र होइन, श्रीकृष्णलाई निकै रसिक पात्राको रुपमा चित्रित गरिन्छ । १६ सय गोपिनीहरुको सारी लुकाउनेदेखि राधासँगको सम्बन्धमा पनि उनको भूमिका निकै रसिक मानिन्थ्यो । हिन्दू धर्म ग्रन्थका अनुसार, उनमा अरुलाई प्रेरित, प्रोत्साहित गर्न सक्ने अलौकिक क्षमता थियो ।

यहाँ हामीले तिनै श्रीकृष्णका केही बाणीहरु प्रस्तुन गरेका छौं । जुन तपाईंको जीवनका लागि पनि उपयोगी बन्न सक्छन् ।

– कुनै काम गर्दै हुनुहुन्छ भने पहिले नै रणनीति तयार गर्नुस् ।

– यदि बिरोधीहरु सक्रीय बने या बलिया बने भने त्यो अवस्थामा विजय प्राप्त गर्नका लागि तपाईंले कुटनीतिको बाटो अपनाउनुपर्छ ।

– कहिल्यै पनि अरुको बिचारको बन्धनमा बाँधिनु हुँदैन, बरु तपाई स्वंम बिचार विकसित गर्नुहोस् ।

– साँचो मित्रता चाहनुहुन्छ भने गरिब र धनीको भेद नगर्नुहोस् । बरु, इमान्दारी र सत्यताको भने सधैं ख्याल गर्नुहोस् ।

– तपाईंमा दुरदर्शीता र हरेक परिस्थितीको आकलन गर्ने क्षमता हुनुपर्छ ।

– समस्यासँग हटेर होइन, डटेर सामना गर्नुहोस् ।

– अस्तव्यस्त होइन, सँधै अनुशासित जीवन जिउनुहोस् अनि व्यर्थको कुरालाई लिएर कहिल्यै पनि चिन्ता नगर्नुहोस् । बर्तमानमा ध्यान केन्द्रित गरेर काम गर्नुहोस् ।

नोट : साथै तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रेरक भिडियो हेर्नुहोला :

उचाई अनुसार कति तौल उत्तम हुन्छ ? तपाईँ मोटो हुनुहुन्छ या दुब्लो, यसरी पत्ता लगाउनुहोस्

हिजोआज मानिसहरु आफ्नो शरीरको तौलको विषयलाई लिएर धेरै चिन्तित हुन थालेका छन् । कतिपय मानिसहरुको तौल उचाई अनुसार मिल्दैन । कसैको उचाई अनुसार तौल नै पुग्दैन त कसैको धेरै भईदिन्छ । धेरै मानिसहरुको उचाई अनुसार उत्तम तौल हुँदैन ।

विशेषज्ञको अनुसार बडी मास इन्डेक्स बीएमआईले स्वस्थ मानिसको उचाइअनुसारको वजन कति हुनपर्छ भन्ने जनाउँछ । बीएमआई निकाल्नको लागि मानिसको उचाइ मिटरमा र तौल किलोमा नाप्नुपर्छ । अब उचाइमा आएको मिटरलाई दुई पटक गुना गरेपछि आउने प्रतिफलले तौललाई भाग गर्दा आउने अंक बडी मास इन्डेक्स हो ।

२४.९ सम्मको बडी मास इन्डेक्सलाई सामान्य मानिन्छ, २५ देखि २९।९ सम्मलाई ओभरवेट अर्थात् मोटोपना भएको मानिन्छ भने ३० देखि माथि देखिएमा अत्यधिक वजनदारमा गनिन्छ । तर दक्षिण एसियाका जनताको खानपान, शारीरिक बनावट आदिको आधारमा विश्व स्वास्थ्य संगठनले अलग्गै बीएमआई निर्धारण गरेको छ । दक्षिण एसियाका मानिसका लागि १८.५ देखि २२.९ सम्म सामान्य, २३ भन्दा माथि गएमा बढी तौल भएकोमा गनिन्छ ।

कस्को बीएमआइ कति हुनुपर्दछ ?

१८.५ भन्दा कम बीएमआइ हुने व्यक्तिलाई ‘दुब्लो’ भनिन्छ।

१८.५ देखि २५ सम्मको बीएमआइ हुनेलाई ‘उत्तम तौल’ भएको व्यक्ति भनिन्छ।

२५ देखि ३० सम्मको बीएमआइ हुनेलाई ‘अधिक वजन’ भएको व्यक्ति भनिन्छ।

३० भन्दा बढि बीएमआइ हुनेलाई ‘अति मोटो’ भनिन्छ।

बीएमआइ अनुसार उचाईअनुसार मानिसको उत्तम तौल यस्तो हुनपर्छ ?

४ फिट ६ इन्च उचाई भएको पुरुषको २८ देखि ३५ केजीको हुनुपर्छ भने महिलाको पनि २८ देखि ३५ नै हुनुपर्छ

४ फिट ७ इन्च उचाई भएको पुरुषको तौल ३० देखि ३९ केजीको हुनुपर्छ भने महिलाको ३० देखि ३८ केजीको हुनुपर्छ ।

४ फिट ८ इन्च उचाई भएको पुरुषको तौल ३३ देखि ४० केजीको हुनुपर्छ भने महिलाको ३२ देखि ४० केजीको हुनुपर्छ ।

४ फिट ९ इन्च उचाई भएको पुरुषको तौल ३५ देखि ४४ केजीको हुनुपर्छ भने महिलाको तौल ३५ देखि ४२ हुनुपर्छ ।

४ फिट १० इन्च उचाई भएको पुरुषको तौल ३८ देखि ४६ केजीको हुनुपर्छ भने महिलाको तौल ३६ देखि ४५ केजीको हुनुपर्छ ।

४ फिट ११ इन्च उचाई भएको पुरुषको तौल ४० देखि ५० केजी हुनुपर्छ भने महिलाको तौल ३९ देखि ४७ केजीको हुनुपर्छ ।

५ फिट उचाई भएको पुरुषको तौल ४३ देखि ५३ केजीको हुनुपर्छ भने महिलाको तौल ४० देखि ५० केजीको हुनुपर्छ ।

५ फिट १ फिट उचाई भएको पुरुषको तौल ४५ देखि ५५ केजीको हुनुपर्छ भने महिलाको तौल ४३ देखि ५२ केजीको हुनुपर्छ ।

५ फिट २ इन्च उचाई भएको पुरुषको तौल ४८ देखि ५९ केजीको हुनुपर्छ भने महिलाको तौल ४५ देखि ५५ केजीको हुनुपर्छ ।

५ फिट ३ इन्च उचाई भएको पुरुषको तौल ५० देखि ६१ केजीको हुनुपर्छ भने महिलाको तौल ४७ देखि ५७ केजीको हुनुपर्छ ।

५ फिट ४ इन्च उचाई भएको पुरुषको तौल ५३ देखि ६५ केजी हुनुपर्छ भने महिलाको ४९ देखि ६० केजीको हुनुपर्छ ।

५ फिट ५ इन्च उचाई भएको पुरुषको तौल ५५ देखि ६८ र महिलाको ५१ देखि ६२ केजीको हुनुपर्छ ।

५ फिट ६ इन्च उचाई भएको पुरुषको तौल ५८ देखि ७० केजी र महिलाको ५३ देखि ६५ केजी सम्मको हुनुपर्छ ।

५ फिट ७ इन्च उचाई भएको पुरुषको तौल ६० केजी देखि ७४ केजीसम्मको हुनुपर्छ भने महिलाको तौल ५५ देखि ६७ केजी सम्मको हुनुपर्छ ।

५ फिट ८ इन्च उचाई भएको पुरुषको तौल ६३ केजी देखि ७६ केजी सम्मको र महिलाको तौल ५७ देखि ७० केजी सम्मको हुनुपर्छ ।

५ फित ९ इन्च उचाई भएको पुरुषको तौल ६५ देखि ८० केजी र महिलाको ५९ देखि ७२ केजी सम्मको हुनुपर्छ ।

५ फिट १० इन्च उचाई भएको पुरुषको तौल ६७ देखि ८३ केजीको हुनपर्छ भने महिलाको तौल ६१ देखि ७५ केजी सम्मको हुनुपर्छ ।

५ फिट ११ इन्च उचाई भएको पुरुषको तौल ७० देखि ८५ केजीको हुनुपर्छ भने महिलाको तौल ६३ देखि ७७ केजी बराबरको हुनुपर्छ ।

६ फिट उचाई भएको पुरुषको तौल ७२ देखि ८९ केजीको हुनुपर्छ भने महिलाको तौल ६५ देखि ८० केजी बराबरको हुनुपर्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

तपाईको तौल कति छ ? जान्नुहोस् उमेरअनुसारको तौल कति हुनुपर्छ (उपयोगि टिप्ससहित )

मेडिकल दुनियामा साधारणत: उमेर अनुसार तौल हुनुपर्छ भन्ने मान्यता छ ।

जस्तो कि कुनै महिला गर्भवती छन् भने उनको पेटमा बढ्दै गरेको बच्चा हप्ता अनुसार कति बिकास भईरहेको छ हेर्ने गरिन्छ, जब बच्चा जन्मन्छ तब पनि बच्चा कति महिनामा कति तौलको भयो र तौल अनुसार कति स्वस्थ छ भन्नेबारे विश्लेषण गरिन्छ ।

बिशेषगरि जन्मदादेखि १८ बर्षसम्मको मानिसमा सारीरिक तौलको महत्वपूर्ण भूमिका रहन्छ ।
कुन उमेरका मानिसको तौल औशत कति हुँदा राम्रो हुन्छ ?

१. भर्खर जन्मिएको बच्चा छोरा हो भने उसको तौल कम्तिमा पनि ३.३ केजी वा सो भन्दा माथि हुनुपर्छ भने छोरी हो भने ३.२ केजी भन्दा माथि हुनुपर्छ । जन्मिँदा बच्चाको तौलबारे धेरै चर्चा हुनुको कारण स्वस्थता नै हो ।

२. यदी ३ देखि ५ महिनाको बच्चा हो भने उसको औशत तौल छोरा हो भने ६ केजीभन्दा बढी वा छोरा हो भने ५.४ केजीसम्म हुनुपर्छ ।

३. यदी ६ देखि ८ महिनाको छोरा हो भने उसको तौल कम्तिमा ७.८ केजी हुनुपर्छ भने छोरीको तौल ७.२ वा सो भन्दा बढी हुनुपर्छ ।

४. अब बच्चा ९ देखि ११ महिनाको पुगेको छ भने उसको औशत तौल ८.६ केजी भन्दा बढी हुनुपर्छ, छोरा हो भने ९ केजी भन्दा बढीको हुनुपर्छ ।

५. १ बर्षदेखि माथि २ बर्षसम्म बच्चाको तौल त्यति धेरै बढ्दैन तर पनि औशत उसको तौल ९.५ केजीदेखि १२ केजी सम्मको हुनुपर्छ । यो उमेरमा बच्चा धेरै चल्ने सारीरिक रुपमा हिड्न कोसिस गर्ने, दांत आउने, बोल्ने, खेल्न मन पराउने हुन्छ । तौल १० देखि १२ केजीसम्मको ब्यालेन्समा हुँदा राम्रो हुन्छ ।

६. यदी बच्चा २ बर्ष पुगेको छ भने अब उसको तौल कम्तिमा छोरा भए १२.३ केजी भन्दा बढी र छोरी भए ११.८ केजी भन्दा बढी हुनुपर्छ । २ बर्षदेखि ३ बर्षको बच्चाको औशत तौल १२ देखि १४.५ केजीसम्मको हुनुपर्छ ।

७. यदी ३ बर्षदेखि ४ बर्ष उमेरमा हो भने छोराको तौल १४.६ केजी र छोरीको तौल १४.१ केजी भन्दा माथि हुनुपर्छ ।

८. यदी बालक ४ बर्ष पुगेको हो भने उसको तौल छोरा भए १६.७ केजी र छोरी भएमा १६ केजी हुनुपर्छ ।

९. अब बालक ५ बर्षको छ भने उसको उमेर औशतमा १८ केजीको वारपार हुनुपर्छ, एकिन भन्ने हो भने छोरा भएमा १८.७ केजी र छोरी भए १७.७ केजीसम्मको हुनुपर्छ ।

१०. यदी बालक ६ बर्ष देखि ८ बर्षको बीचमा छ भने उसको उमेर २० बर्षदेखि २५ केजीको हुनुपर्छ । उमेरको कुरा गर्दा ६ बर्षको बच्चाको औशत तौल २०.५ केजी छ भने ७ बर्षको हुँदा २२.९ र ८ बर्षको हुँदा २५ केजीसम्मको हुनुपर्छ । यो उमेरमा छोरीको तौल छोराको भन्दा आधा केजी देखि १ केजीजति कम हुन सक्छ ।

११. यदी ९ बर्षको छोरा हो भने २८.१ केजीसम्मको तौल हुनुपर्छ भने छोरी हो २८.५ केजीसम्मको हुनुपर्छ ।

१२. अब छोरा १० बर्षको छ भने ३१.४ केजी र छोरी हो भने उसको तौल ३२.५ हुनुपर्छ । यो उमेरबाट छोरीको सारीरिक वृद्धि बिकास छोरीको भन्दा तिब्र हुने हुँदा छोरा भन्दा छोरी बढी तौलको हुन्छन ।

१३.छोरा ११ बर्षको छ भने उसको उमेर ३२.२ केजी छ भने छोरीको औशत तौल २२.७ केजी हुनुपर्छ ।

१४. अब छोरा १२ बर्षको छ भने उसको उमेर ३७ केजी र छोरीको तौल ३८.७ केजी अर्थात छोराको भन्दा झन्डै २ केजी बढी तौल हुन्छ ।

१५. यदी १३ बर्षको छोरा छ भने उसको तौल ४०.९ केजी हुनुपर्छ भने छोरीको तौल त्यसै बर्षको उमेरमा छोराको भन्दा झन्डै ४ केजी बढी अर्थात ४४ केजी हुनुपर्छ ।

१६. जब छोराको उमेर १४ बर्षको हुन्छ तब फेरी छोराको सारीरिक वृद्धि/बिकास तिब्र बन्दा उसको तौल बढेर ४७ केजीको हुन्छ तब छोरीको तौल ४८ केजीको हुन्छ ।

१७. अब १६ बर्षे जवानी सुरु हुन्छ तब सारीरिक रुपमा छोरा-छोरी दुवैको औशत स्वस्थ सरिरको तौल छोरा भए ५८ केजीसम्मको र छोरी भए ५३ केजीको हुन्छ । छोरा सारिरिक रुपमा सशक्त बन्ने हुँदा उसको तौल पनि स्वभाविक रुपमा १४ देखि १८ बर्षको उमेरमा ह्वात्तै बढ्छ । छोरीको तौल भने स्थिर पनि रहन सक्छ ।

१८. जब १७ बर्षको उमेर हुन्छ तब छोराको मात्र सारिरिक बिकास बढ्छ भने छोरीको स्थिर हुन्छ । यस उमेरमा छोरा मान्छेको औशत तौल ६२ केजी हुँदा छोरीको औशत तौल स्थिर अर्थात ५४ को आसपास हुन्छ ।

१९. अब छोरा मान्छेको उमेर १८ बर्ष छ भने उसको तौल ६५ केजी हुँदा छोरी मान्छेको औषत तौल स्थिर नै रहन्छ ।

यहाँ हामीले १८ बर्षसम्मको उमेरमा हुने औशत तौल बारे जानकारी दियौं । नेपालीहरुको १८ बर्षदेखि माथि ४० बर्षसम्मको औशत तौल ६० देखि ८५ सम्म हुनु स्वस्थनै मानिन्छ ।

कसैको सारीरिक बनौट अनुसार तौल बढी हुनु अस्वस्थ भन्न मिल्दैन तर अस्वभाविक मोटाउनु, पेट लागेर तौल बढ्नु, हिड्दा वा कुनै काम गर्दा छिटो थाक्नु जस्ता अवस्थामा अस्वस्थता हुन सक्छ । त्यसैले यस्तो अवस्थामा खानपान र ब्यायाममा ध्यान दिनुनै उपयुक्त हुन्छ

युवा अवस्थामा मानिस बढी व्यस्त हुने, दौडधुप तथा बिबिध कारण सारीरिक रुपमा स्वस्थ हुनसक्छ तर यही उमेरमा खानपानको ब्यालेन्स मिलाउन नसक्दा व्यायाम नगर्दा, खाने कुरामा समय नमिल्दा तथा मद्ध्पान, धुम्रपानको कारण अस्वस्थ हुन सक्छ । युवा उमेरको लापरवाही बिभिन्न रोगको रुपमा ४० बर्ष काटेपछि देखिन सक्छ ।

४० बर्षदेखि ६० बर्षसम्मको उमेरमा पनि स्थिर तौल हुनुपर्छ । तर त्यसपछि भने तौल क्रमश घट्दै जान्छ । बुढेसकालमा पनि नियमित ब्यायाम र खानपानमा ध्यान दिने हो भने स्वस्थ भइन्छ । तर उमेर अनुसार रोगसँग लड्ने शक्ति र सारीरिक शक्तिमा समेत ह्रास आउने हुँदा स्वभाविक रुपमा तौल घट्दै जान्छ ।

नाेट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *