बिबाह गरेको ९ वर्षपछि बिरामी हुँदा यी महिलाले बल्ल थाहा पाइन्, उनी महिला होइन पुरुष रहिछिन् भनेर

बिबाह गरेको ९ वर्षपछि बिरामी हुँदा यी महिलाले बल्ल थाहा पाइन्, उनी महिला होइन पुरुष रहिछिन् भनेर

मनोरञ्जन

Sharing is caring!

३० वर्षकी एक महिला सामान्य जीवन बिताइरहेकी थिइन् । उनको विवाह भएको ९ वर्ष भइसकेको थियो ।तर, एक दिन उनी चकित परिन् जब उनलाई थाहा भयो, उनी महिला होइन पुरुष हुन् ।यो जानकारी उनले त्यतिबेला पाइन् जब उनी पेट दुखेपछि उपचारको लागि अस्पताल गएकी थिइन् ।डाक्टरले जाँचपछि उनलाई क्यान्सर भएको बताए । त्यो यस्तो क्यान्सर थियो जुन पुरुषहरुलाई मात्र हुन्छ ।

सबैभन्दा आश्चर्यजनक कुरा त के भने यी महिलाकी २८ वर्षीया बहिनी पनि पुरुष थिइन् र उनलाई पनि यसबारे कुनै जानकारी थिएन ।हिन्दूस्तान टाइम्सका अनुसार यी दुवै दिदीबहिनीलाई एन्ड्रोजेन इन्सेन्सिटिभिटी सिन्ड्रोम (एआइएस) नामको समस्या भएको डाक्टरले बताएका छन् ।एआइएस एक विशेष र दुर्लभ किसिमको स्वास्थ्य समस्या हो जसमा मानिस जन्मिँदा उसका जीनहरु पुरुषका हुन्छन् तर शरीर महिलाको जस्तै गरी विकसित हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *