आफूलाई जर्बजस्ती महानायक भनिएकोमा दीपकको असन्तुष्टी

आफूलाई जर्बजस्ती महानायक भनिएकोमा दीपकको असन्तुष्टी

मनोरञ्जन

Sharing is caring!

आफूलाई जर्बजस्ती महानायक भनिएकोमा दीपकको असन्तुष्टी

काठमाडौं । नेपाली फिल्म क्षेत्रमा अहिले एक अर्कालाई आरोप प्रत्यारोप गर्ने सिजन चलिरहेको छ । लकडाउनका समयमा घरमा बसेका कलाकारहरु आफुहरुले दिएको अभिब्यक्तिका कारण विवादित भएका छन् । केही दिन यता अभिनेत्री सामाज्ञी राज्यलक्ष्मी देवी शाह र फिल्म निर्माता तथा अभिनेता भुवन केसीबीच विवाद चलिरहेको छ ।

यसै क्रममा केहि दिन अघि देखि विवादमा तानिएका छन् महानायक राजेश हमाल र दिपाश्री निरौला । अभिनेत्री दिपाश्रीले दिएको एक अभिब्यक्तिका कारण उनीहरु विवादित भएका हुन् । खास गरी कलाकार दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भनेर दिएको अभिब्यक्तिका कारण विवादित भएका हुन् ।

हमालको महानायक पदवीमाथि प्रश्न उठाएपछि दीपाश्रीलाई अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । निकै आलोचना खेपेपछि अहिले दिपाश्रीले आफ्नो बोली फेरेकी छन् । दिपाश्रीको मात्र होइन दिपाको सो अभिब्यक्ति पछि राजेशका बारेमा पनि टिप्पणी भइरहेको छ । आफ्नो चौतर्फी आलोचना भएपछि दीपाश्रीले बोलि फेरेकी छन् भने राजेशले पनि टिप्पणी गरेका छन् । दिपाश्रीले सामाजिक सञ्जाल फेसवुक मार्फत माफी पनि मागिसकेकी छन् ।

यसै क्रममा कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन् । उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्ती विना नै मलाई जबरजस्ती महानायक बनाउनेहरुलाई धन्यवाद ।’

दीपकले आफू कलाकार भएदेखि नै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन् । दीपक अगाडि लेख्छन्–‘जब असत्य चिच्याई चिच्याई बोलेर भीड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो ।’

उनले सामाजिक संजालमा लेखेको कुरा जस्ताको तस्तै : जब देखि कलाकार भएं , हरिदाइ, मदन दाइ र सन्तोष पन्त दाइ जस्तो बन्न पाए हुन्थ्यो भन्ने सोच्थे
मेरो बाटो ,मेरो लक्ष कहिले पनि महानायकको घर तिर मोड़िएन, मेरो गल्ति बिना नै मलाइ जबरजस्ती महानायक बनाउनेहरू लाइ धन्यवाद…. जब असत्य चिच्याइ चिच्याइ बोलेर भिड जम्मा गरिरहेको हुन्छ सत्यले चूपचाप आफ्नो बाटो हिड्नु राम्रो … ..

त्यस्तै केहि दिन अगाडी उनले यसै बिषयलाइ लिएर एउटा लामो प्रतिक्रिया र सुझाव पनि दिएका थिए जुन यस्तो छ : आज म लेख्दैछू…… interview देखि होशियार!!! केहि दिन देखि देखिरहेको छू कलाकारहरू ले interview मा बोलेको कुरा एकपछि अर्को बिबादमा आइरहेको छ
कोहि राष्टियताका बारेमा चिप्लिरहेका छन्! कोहि देशको जिल्ला , प्रदेशको बारेमा चिप्लिय ! कोहि सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए ! हि नेपोटिज्मका बारेमा, कोहि के मा कोहि के मा … यो सबै किन भैरहेछ ?
interview लाइ नाइ भन्न नसक्ने हाम्रो बानिले गर्दा !!!!

पत्रकार भाइले फ़ोन गर्यो “ लौ न interview दिन पर्यो , क्यामाराको ढक्कन खोल्यो सुरू भैहाल्यो , टेडा मेडा प्रश्नको झटारो सुरू हुन्छ…. हामि कलाकार बिना तैयारी पत्रकार रिसाउला भनेर कनि कनि बिना तैयारी बोल्न सुरू गर्छौ जसो जसो interview अगाडि बढ्छ, हामि कलाकारको जिब्रो चिप्लिन थाल्छ ,ब्यबसायिक पत्रकार मनमनै खुशि हुन थाल्छ आहा , ओहो, TRP , !! पत्रकार ले फेरी उत्साहित हूदै सोध्न थाल्छ “मुस्तागं कुन जिल्लामा पर्छ था छ ? कलाकारले एकछिन टाउको कनाउदै जवाफ दिन्छ
“मनागं जिल्ला होला “ हाहाहाहा लामो हॉसो पनि जान्छ

पत्रकार कुटिल हॉसो हॉस्छ, कलाकार र पत्रकार बिचको interview शाखा अधिकृतको जागिरको लागि लिइएको interview जस्तो हुन थाल्छ , कलाकार चूपचाप नजानेको बिषयमा बोल्दै जान्छ ? अन्त्यमा ,आज त गज्जब भो interview भोलि हेर्नुस है भन्दै पत्रकार खुशि साथ बिदा हुन्छ … भोलि interview आउदैन , interview संग संगै आपत आइलाग्छ

जताततै भाइरल, बिरोध, गालिको बर्षा !!!त्यसपछि कलाकारको निन्द्रा कमसेकम ३ दिनको लागि गायब ..हामि किन यसरी बिना तैयारी बोल्न अगाडि सर्छौ? किन बारम्बार चिप्लेर लज्जित हूदै माफि माग्छौ?Interview दिदॉ selective किन हूदैनौ हामि?
सबै पत्रकारको नियत राम्रो हुदैन !!७०% त TRP र headline को चक्करमा हुन्छन् !अनि किन हामि सधै उनिहरूको यो TRP को trap मा परेर आफ्नो ब्यक्तित्व कमजोर बनाइरहेका हुन्छौ!राम्रो नियत भएको, headline मा जोड नदिने , सकारात्मक पत्रकारीता गर्ने साथिहरू लाइ हामि कहिल्यै स्थान दिदैनौ, यस्तै चटपटे headline seller हरूका लागि २४ घन्टा उपलब्ध हुन्छौ हामि , चलचित्रको प्रमोशन देखि हरेक कुरामा कुनै सिमाना राख्दैनौ,interview लाइ सामान्य रूपमा लियौ र लिन्छौ पनि !
घन्टौ क्यामारा अगाडि फतफताएर आफूले आफूलाइ धेरै पल्ट सस्तो पनि बनायौ !!!अब यस बारेमा सोच्ने बेला आयो कि ?

याद गरौ पछिल्लो केहि दिनलाइ कोहि राष्ट्रीयता बारेमा सचेत हुदॉ हुदै कुरा स्पष्ट भन्न नसक्दा फन्दामा परे, कोहि राजेश हमाल सुपरस्टार हो कि होइन भन्ने बारेमा चिप्लिए उहॉले सुपरस्टार हो तर यो क्षेत्रकों अभिभाबकत्व पनि निभाउन पर्यो भन्न खोज्दा शब्द संयोजनमा समस्या उत्पन्न भइ सुपर स्टार नै होइन भन्ने बुझिन गयो, पूरा interviewe त कस्ले हेर्ने यॉहा ? कोहि कलाकार १४ जिल्लामा फसे एउटा कलाकारले सामान्य ज्ञान कन्ठ गर्नै पर्छ ?प्रश्न सोध्ने पत्रकारलाइ पनि हंगेरीको प्रधानमंत्री को नाम था होला ?
भिमसेन थापा पछि को प्रधानमंत्री थिए था होला ?

केपि ओली ज्यूलाइ पहिलो कलर नेपाली फ़िल्म कुन हो था होला? सबैलाइ सबै कुरा था हुनु ज़रूरी छैन कोहि कलाकार nepotism का सबालमा बोल्दा चिप्लिए जबकि नेपालमा चलचित्र उद्योग नै बाल्यकाल मैं छ
यस्ता nepotism त बिकसित उद्योगमा हुने कुरा हो त्यसैले हामिले अरूलाइ दोष दिनु भन्दा सकेसम्म चटपटे interview हरू बाट भागौ, Interview दिदॉ छानेर, बुझेर , प्रसस्त तैयारी गरेर दिऔ चित्त नबुझेको कुरा पत्रकारलाइ अनुरोध गरेर यो चाहि काटिदिनुस यो चाहि नबोलौ होला भन्ने गरौ !दोष पत्रकारको मात्रै छैन हाम्रो पनि छ , चलचित्र प्रमोशनको समय देखि हरेक दिन हामि interview का लागि लालायित हुने , यस्का लागि पत्रकार संगको अत्याधिक सामिप्यता राख्ने , सबै आन्तरिक कुरा खोल्ने ,यस्ता कुराहरूमा हाम्रो पनि कमजोरी छ
अत interview को लागि फोन आउछ भने खुशि होइन, होशियार होऔ, सकेसम्म टारौ, नसके पत्रकार संग प्रसस्त छलफल गरेर आफू पूर्ण रूपमा तैयार भएर मात्रै interview face गरौ आफ्नो ब्यक्तित्व , आधा घन्टाको interview बाट स्वाहा नपारौ!!!….. जय नेपाली चलचित्र !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *