श्रीमती महत्वकांक्षी हुनु समस्या हो या होइन

श्रीमती महत्वकांक्षी हुनु समस्या हो या होइन!

मनोरञ्जन

Sharing is caring!

श्रीमती महत्वकांक्षी हुनु समस्या हो या होइन!

एक नवजवान युवको सपना छ पाश्र्व गायक बन्ने । यसैका लागि उनले निकै संघर्ष पनि गरेका छन् । संगीतमा उनको लगाव मात्र छैन उत्तिकै कठोर मेहनत पनि ।

उनको विवाह त्यही युवतीसँग हुन्छ जो शास्त्रिय गायनमा रुची राख्छे । उनी आफैमा प्रतिभाशाली छिन् र परिश्रमी पनि । दुबै दम्पतीको रुची यहाँ मिलेको छ । अर्थात श्रीमान–श्रीमतीले एउटै बाटो रोजेका छन् गायन ।

तर, समान सपना लिएर एउटै बाटोमा हिँडिरहेका उनीहरु एकाकार हुन सक्दैनन् । श्रीमानको आकंक्षा छ जीवनसंगीले घर सम्हाल्नेछिन् । घरव्यवहार धन्दा बालबच्चा र आफ्नो विशेष ख्याल राख्नेछन् । त्यसपछि आफुले संगीतमा अरु बढी समय दिन सकिनेछ र अपेक्षाकृत सफलता मिल्नेछ ।

श्रीमानको सपनामै आफुलाई विलय गराउन तयार छिन् त उनकी श्रीमती ? पक्कै छैनन् । विवाह गर्दैमा उनी आफ्नो करियरलाई विट मार्ने पक्षमा छैनन् । उनी घर–परिवारसँगै समानन्तर रुपमा आफ्नो करियरलाई अघि बढाउन चाहन्छिन् । यही विन्दुबाट श्रीमान र श्रीमतीबीच खटपट हुन्छ ।

समयक्रममा श्रीमती चर्चित गायिका बन्न पुग्छे । उनी सेलिब्रेटी कहलिन्छन् । तर श्रीमान् ? उनी अझै संघर्षरत नै छन् । करियरको सन्दर्भमा उनलाई आफ्नै श्रीमतीले चार कदम पछाडि छाडिसकेकी छिन् । यसले उनीहरुमा एक किसिमको प्रतिस्पर्धाको भाव मात्र होइन, इष्र्या समेत पैदा गरिएको छ । नतिजा एक छोराको अभिभावक समेत भइसकेका उनीहरु एकअर्कादेखि अलग हुने निर्णमा पुग्छन् ।

सन् १९९५ मा प्रदर्शनमा आएको हिन्दी चलचित्र अकेले हम अकेले तुमको कथासार हो यो । तर यही कथा हाम्रो समाजको यर्थाथ पनि हो । यस्ता कति दम्पती छन्, जसलाई एकअर्काको महत्वकांक्षाले अलग गराइदिएको छ ।

हाम्रै समाजको पुरातन धारणा के छ भने महिलाहरुले घर-गृहस्थी सम्हाल्नुपर्छ । उनीहरुले चुल्होचौका सम्हाल्नुपर्छ । छोराछोरी स्यहारसुसार गर्नुपर्छ ।

यस्तो अवस्थामा महिलाले घरको संघार नाघेर बाहिर आउनुलाई बि,द्रोह भन्ने गरिन्छ । कतिपय परिवारका लागि यो अशोभनिय मानिन्छ । तर महिलाहरुले सधै आफुलाई खुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्ना इच्छा–आकंक्षालाई गुम्साएर राख्न सक्दैनन् । उनीहरु घरको परिधीबाट बाहिर जान खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच कतिपय मतभेद हुनसक्छ । त्यही मतभेदले क्रमस सम्बन्धमा चिसो ल्याउन थाल्छ ।

कतिपय श्रीमतीमा उच्च महत्वकांक्षा हुन्छ । उनीहरु आफ्नो करियर नेम र फेमका लागि पनि परिवारको परिधीबाट बाहिर आउन खोज्छन् । यस्तो अवस्थामा पनि श्रीमान् र श्रीमतीबीच तालमेल मिल्दैन ।

श्रीमती महत्वकांक्षी हुनु समस्या हो ?

प्रश्न जटिल छ । किनभने हामीकहाँ श्रीमतीले घर-परिवार सम्हाल्नुपर्ने दायित्व हुन्छ । खाना पकाउने बालबच्चाको हेरचाह गर्ने सासु–ससुराको ख्याल गर्ने जस्ता यावत् काम श्रीमतीले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ । यसरी घरभित्रको काम श्रीमतीले सम्हालेपछि घर-व्यवहारको वा बाहिरको कामको जिम्मेवारी श्रीमान्ले लिन्छन् । यस किसिमको तालमेलले परिवारमा सुख छाउँछ । दाम्पत्य सम्बन्धमा तालमेल मिल्छ ।

तर महिला अर्थात श्रीमतीले घर-धन्दामै आफुलाई सीमित गर्नुपर्छ भन्ने जुन धारणा छ त्यसले पनि समस्या पैदा गर्न सक्छ । किनभने श्रीमतीको महत्वकांक्षा आफैमा समस्या होइन । समस्या चाहि के हो भने श्रीमानले त्यसलाई उचित व्यवस्थापन गर्न नसक्नु ।

तर के आफ्ना श्रीमतीको महत्वकांक्षा पुरा गराउने बाटोमा श्रीमानले सहयोग गर्न सक्छन् ? यसको जवाफ नकारात्मक आउन सक्छ । किनभने पुरुषमा आफ्नै अभिमान हुन्छ । अहंम हुन्छ । अक्सर श्रीमान चाहन्छन् कि श्रीमती आफुभन्दा अगाडि बढ्न सकोस् । उनीहरुले अलग पहिचान बनायोस् र लोकप्रिय होस् ।

अब श्रीमती पनि श्रीमान्को इच्छा अनुसार आफुलाई खुम्चाएर बस्न तयार हुँदैनन् । उनीहरु आफ्नो आकंक्षा पुरा गर्नका लागि जस्तोसुकै अडान लिन पछि पर्दैनन् । यता श्रीमान् पनि आफ्नो अडानबाट पछाडि हट्दैनन् ।

हो यही मोडमा आइपुगेपछि दुबैले लिने निर्णय हो अलग हुने ।

यसको सोझो अर्थ के भने श्रीमान् र श्रीमतीको अहंम् अडान आकंक्षाले उनीहरुमा फाटो ल्याउँछ । दाम्पत्य सम्बन्ध टुट्न पुग्छ ।

श्रीमान् र श्रीमतीका आ-आफ्नै इच्छा आकंक्षा चाहना हुन्छन् । तर उनीहरुको लागि सर्वोपरी भनेका आफ्ना परिवार हुन् जो उनीहरुले रचना गरेका हुन्छन् । उनीहरु छोराछोरी, आमाबुवा, सासुससुरासँग अभिन्न रुपले जोडिएका हुन्छन् । यस्तो अवस्थामा उनीहरुले जुन पारिवारिक संरचना बनाएका हुन्छन्, त्यसलाई जोडेर राख्नु दुबैको दायित्व हो ।

केही कुरा

– श्रीमान्–श्रीमतीमा कुनैपनि किसिमको प्रतिस्पर्धा गृहस्थी र दाम्पत्य दुबैका लागि सुखद हुँदैन, यसलै यसबाट बच्नुपर्छ । एकअर्काको भावना र इच्छालाई सम्मान गरेर उनीहरुले यी सबै कुरा पाउन सक्छन् ।

–श्रीमती जीवनमा केही बन्न चाहन्छिन् वा हासिल गर्न चाहन्छिन्, त्यो गलत होइन । यो उनको हक हो । यद्यपी श्रीमतीले यो कुरा बुझ्नुपर्छ कि उनी के प्राप्त गर्न चाहन्छिन् ? त्यसले उनमा के हासिल हुन्छ ? श्रीमान्को भावनालाई ठेस लगाएर प्राप्त गरिने यस्ता कुराले जीवनमा के अर्थ राख्छ ?

– श्रीमानको प्रोत्सहान र प्रशंसाले श्रीमतीको प्रतिभा निखारिन्छ । उनको मनासय श्रीमतीलाई होच्याउने होइन ।

– श्रीमती प्रतिभाशाली छिन्, सार्वजनिक जीवन व्यतित गरिरहेकी छिन् भने यही कारणले श्रीमान्लाई हीनताबोध चाहि हुनुहुँदैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *