आज लोकप्रिय नायिका निता ढुंगानाको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

आज लोकप्रिय नायिका निता ढुंगानाको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

मनोरञ्जन

Sharing is caring!

आज लोकप्रिय नायिका निता ढुंगानाको जन्मदिन, बिहानैदेखि शुभकामनाको ओइरो

काठमाडौं – लोकप्रिय नायिका निता ढुंगानाको आज जन्मदिन परेको छ । जन्मदिनको अवसरमा नायिका ढुंगानालाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

छोटो समयमा नेपाली चलचित्र क्षेत्रमा आफ्नो अलग स्थान बनाउन सफल सुन्दरी निताले कोरोना कहरका कारण यो वर्ष घरमा नै आफ्नो जन्मदिन मनाउने तयारी गरेकी छिन् । नायिका निता ढुंगाना निकट भविष्यमा नै सिनेमा निमार्णमा हात हाल्दै छिन् ।

जसको घोषणा उनले अघिल्लो वर्षको जन्मदिनमा गरेको भएता पनि पछिल्ला दिनमा कोरोना कहरका कारण वातावरण प्रतिकुल बनिरहेको छ । उनले निता फिल्मस् प्रोडक्शन हाउस स्थापना गरिसकेकी छिन् ।

तर सिनेमा निर्माणको काम भने अगाडी बढाएकी छैनन् । चाँडै सिनेमा निर्माणमा उत्रने उनको भनाई रहेको छ । नाम चलेका ठुला व्यानर र निर्माता निर्देशकसँग काम गरिरहेकी नितालाई ओएस नेपालको तर्फबाट जन्मदिनको शभुकामना ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *