कक्षा ८ की आफ्नै विद्यार्थीलाई ,दुई शिक्षक ,सहित ३ ,जनाले गर्भवती ,बनाएपछि…

कक्षा ८ की आफ्नै विद्यार्थीलाई ,दुई शिक्षक ,सहित ३ ,जनाले गर्भवती ,बनाएपछि…

मनोरञ्जन

Sharing is caring!

कक्षा ८ की आफ्नै विद्यार्थीलाई ,दुई शिक्षक ,सहित ३ ,जनाले गर्भवती ,बनाएपछि…

कक्षा ८ की आफ्नै विद्यार्थीलाई ,दुई शिक्षक ,सहित ३ ,जनाले गर्भवती ,बनाएपछि…
काठमाडौं । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई गर्भवती गराएको आरोप लागेको हो । किशोरी गर्भवती भएपछि अर्कैसँग भागेर बिहे गरेको र छ महिनामै छोरी जन्मिएपछि शिक्षकहरुले बद्मासी गरेको कुरा बाहिर आएको हो ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययन गर्ने १७ वर्षीया ती छात्रालाई सोही विद्यालयमा पढाउने शिक्षक खडक बोहरा, केशव बोहरा र स्थानीय रामबहादुर बोहराले गर्भवती गराएको आरोप लागेको हो । केशव अहिले विद्यालय छोडेर गाउँपालिकामा कार्यरत रहेको बुझिएको छ । तीनै जनाले ती छात्रामाथि पटकपटकको सम्बन्धपछि भागेर बिहे गर्न बाध्य बनाएको छात्राका आफन्तले आरोप लगाएका छन् ।

छ महिनामै छोरी जन्मिएपछि किशोरीलाई घरका मानिसले सोधपुछ गर्दा आफूलाई ती व्यक्तिहरुले गरेको बद्मासीबारे किशोरीले बताएको एक आफन्तले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटना पहिलेको भए पनि गाउँमै मिलाउने भन्दै धेरै प्रयास गरे । अहिले कुरा बाहिर आएको छ, अहिले पनि विभिन्न प्रकारका खेल भइरहेका छन् ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरीलाई जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको वयानपछि मात्रै घटनाका बारेमा थाहा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो कुरा बाहिर आइसकेपछि हामीले घटनालाई सूक्ष्मरूपमा अध्ययन गरिरहेका छौँ ।सुरक्षाका लागि पनि किशोरीलाई हामी जिल्लामा ल्याउने तयारी गरेका छौँ । संलग्न भनिएका मान्छेको पनि खोजी गरिरहेका छौँ ।” किशोरीलाई ललाइफकाई गरेर करणी भएको भए पनि कानूनअनुसार कारवाही हुने प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

मुलुकी अप राध संहिता, २०७४ को परिच्छेद १८ मा १८ वर्षभन्दा कम उमेरका महिलालाई ललाइफकाई वा महिलाको मञ्जुरी लिएर सम्बन्ध राखेमा समेत कानूनी कारवाही हुने उल्लेख छ । कानूनअनुसार १६ वर्ष वा सोभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलासँग सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म कारगारा सजाय हुने उल्लेख छ । यद्यपि गर्भवती बनाएको आरोप लागेकाहरुलाई भने अहिलेसम्म प्रहरीले नियन्त्रणमा लिएको छैन । आरोप लागेकाहरुलाई हालसम्म पनि सोधपुछसमेत नगरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *