यसरी ‘वयस्क’ बनाइन्छ नेपाली बालिका र बेचिन्छ

मनोरञ्जन

Sharing is caring!

काठमाडौं। यौ न व्यावसायमा आवद्ध रहेकी काठमाडौंकी ललिता (नाम परिवर्तन)को उमेर २१ पुग्यो । तर, उनले यो व्यावसाय १२ बर्षको उमेरदेखि नै गरेकी हुन् । सुन्दर शारिरीक बनोट भएकी उनी रेष्टुरेन्टमा वेटरको काम गर्दागर्दै यौ न व्यावसायमा पनि संलग्न हुन थालिन् । सोही समयमा उनलाई साहुले जिउ दुख्दा वा थकित हुँदा रातो च’क्की दिन्थे । उनलाई औषधिको नाम थाह हुँदैनथ्यो ।

‘म औषधि लिन्थे तर त्यसले मेरा शरिर, अंगहरू निक्कै वयस्क र आकर्षक बनाएको अनुभुति मैले पनि गरें’, उनले सुनाइन्,‘औषधिको बारेमा सोध्दा पछिमात्र थाहा भयो, यो हार्मोन बढाउने चक्की रहेछ ।’

बालिकालाई बयस्क देखाउनका लागि यौ न व्यावसायीले ‘ग्रोथ हार्मोन’का विभिन्न उपाय अपनाउने गरेका छन् । प्रायः भारतका कोठी र नेपालका पनि यौ न व्यावसाय चलाउने ठाउँमा च’क्की, सिरिन्चको प्रयोगबाट ग्रोथ हार्मोनको प्रयोग गर्दै आएका छन् ।

आठ वर्षको उमेरमै त स्करीको माध्यमबाट भारत पुराइएकी एउटी नेपाली किशोरीले हरेक दिन रातो औषधि खुवाइएको संस्मरण सुनाएकी छन् । हरेक पटक औषधि सेवन गरेपछि बमिट हुने अनुभव उनले साटिन् । ‘मलाई त्यो रातो औषधि खान राम्रो लाग्दैन थियो तर मलाई ज’बर’ज’स्ती गरिन्थ्यो र यदि मैलै अस्वीकार गरेको खण्डमा कु’ट’पि’ट गरिन्थ्यो । उनीहरू मलाई भन्थे कि औषधि से’वन गरेपछि म चाँडै ठुलो हुनेछु र चाँडै घर फर्कने पाउनेछु’, उनले बीबीससँग यस्तो संस्मरण सुनाएकी थिइन् ।

उत्तरी नेपालको एउटा परिवारकी यी किशोरी आठ भाइबहिनीमध्ये सबैभन्दा जेठी सन्तान हुन् । उनलाई राम्रो शिक्षा दिने भनेर सानै उमेरमा झुक्याएर काठमाडौं ल्याइएको थियो, काठमाडौं हुँदै भारतसम्म पुराइयो ।

ती बालिकासँग चार जनाको परिवारका लागि घरेलु काम गराइन्थ्यो । दुई वर्षसम्म उक्त परिवारका साथ रहेपछि उनलाई कुनै अर्कै सहरमा पठाइयो । उनी भन्छिन्,‘त्यहाँ पनि म एउटा नेपाली परिवारका साथमा करिब दुई वर्षसम्म बसेँ । त्यही मलाई त्यो गलत औ’षधि दिन्थे । त्यसपछि उनीहरूले मलाई नराम्रो ठाउँमा बेचिदिए । म त्यहाँ सबैभन्दा सानी थिएँ ।’

६ महिनासम्म वेश्यालयमा राखिएकी ति युवतीलाई प्रहरीले उद्दार गरेको थियो । त्यो समयबीच उनलाई वयस्क देखाउनका लागि दबाबले दिइएको औषधीका बारेमा खुलासा गरेकी थिइन् ।

नेपालका गरिब र विपन्न परिवारका बालिकाको तस्करी गरी भारतसम्म पुराएर यौन व्यापारमा संलग्न गराउनका लागि यस्तो औषधिको प्रयोग गरिने खुलेको हो ।

माइति नेपालका निर्देशक विश्वम्भर खड्काका अनुसार तस्करहरूले कम उमेरका बालिकाहरूलाई भारतसम्म पुराउनुको रहस्य खोजीरहेका छन् । प्रहरीले पनि बालिका तस्करीको अचम्मको जालो निस्तेज पार्ने क्रममा यस्ता तथ्य फेला पारेको थियो ।

त’स्क’र’हरूले गरिब परिवारजनलाई बालिकालाई राम्रो शिक्षादिक्षा दिने सपना देखाएर प्रलोभनमा पार्ने गर्दछन् । त’स्क’रको शिकार युवतीहरूको संस्था शक्ति समूहकी संस्थापक तथा निर्देशक सुनिता दनुवारका अनुसार उनले पनि यस्ता किशोरी देखेकी छन् जसलाई चाँडै तरुनी बनाउनका लागि हर्मोन दिने गरिएको छ ।

उनले बीबीसीसँगै सुनाएकी छन्,‘हामी बस्थ्यौ त्यहाँ एउटी युवतीलाई करिब दुई महिनाका लागि लगियो, जब उनी फर्किइन् तब उनी विचित्र ढंगले बढेकी थिइन् । उनको शरीर कुनै जवान युवतीकोजस्तो थियो र आवाज बच्चाको जस्तो थियो ।’

दनुवारका अनुसार आमरुपमा ९ देखि १२ वर्षका किशोरीलाई हर्मोन दिने गरिन्छ । डाक्टरहरूका अनुसार जुन किशोरीहरूलाई ग्रोथ हर्मोन दिइन्छ । उनीहरूको छाती र नितम्ब चाँडै ठुलो होस् भन्नका लागि यस्तो औषधि दिने गरिएको हो । जसका कारण उनीहरू चाँडै जवान देखिन्छन् ।
डाक्टर अरुणा उप्रेतीका अनुसार हर्मोन बालिकाहरूको शरीरलाई जवान गरिदिन्छ र उसका कारण उनीहरूको उमेरभरका लागि स्वास्थ्यसँग सम्बन्धित समस्या रहन्छ । यसबाट उनीहरूको हड्डी र गर्भाशयमा असर पर्दछ ।

उप्रेतीले सुनाइन्,‘भारतमा मैले निकै ठुलो स्तन भएकी एउटा युवती भेटेँ । उनले बताइन् कि उनलाई बाल्यकालमै त’स्क’री गरेर ल्याइएको थियो र बेश्यालयमा काम गराउनुअघि उनलाई ग्रोथ हर्मोन दिइएको थियो ।’

नेपाल प्रहरीको रिपोर्टमा पनि भारततिर तस्करी हुने बालिकाको संख्या उल्लेख्य गरेको छ । अन्य प्रयोजनका लागि नभई तस्करहरूले भारतमा वैधानिक रहेका कोठीका लागि नेपाली बालिकालाई लैजाने र ग्रोथ हार्मोनको प्रयोग बढाउने गरेका छन् ।

के हो ग्रोथ हार्मोन ?

ग्रोथ हाम्रोन मानव शरीरलाई तत्काल वयस्क देखाउन सक्ने औषधि हो । यो औषधिको प्रयोगले मानिसको कोषहरू फुल्छन् । यसलाई सोमाटोट्रोफिनका नाममा पनि चिनिन्छ ।

यसको प्रयोगले कोषको पुर्ननिर्माण, पुर्नविकासको काम हुन्छ । ग्रोथ हार्मोन १९१– एमिनो एसीड हो । यसले ग्लुकोज र फ्याट बढाउने काम पनि गर्छ । यो शरिरीविकासमा कमजोर भएका बालबालिका र युवा युवतीमा हार्मोन विकासका लागि डाक्टरको सल्लाहका आधारमा मात्र प्रयोग हुने गरेको छ । अन्यथा, कानुनतः मान्यता दिइँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *