रातो साडीमा गज्जबसँग खुलेकी नायिका ऋचाशर्मा, हेर्नुहोस् तस्विरहरु

रातो साडीमा गज्जबसँग खुलेकी नायिका ऋचाशर्मा, हेर्नुहोस् तस्विरहरु

मनोरञ्जन

Sharing is caring!

स्पष्ट वक्ता नायिकाको छवी बनाएकी अभिनेत्री हुन् ऋचा शर्मा । केही महिना अघि मात्रै दिपेक्षविक्रम राणासँग वैवाहिक बन्धनमा बाँधिएकी अग्लो जिउ डाल भएकी ऋचाले आँफुलाई रातो साडीमा सजाएका केही तस्विरहरु आफ्नो इस्टा अकाउन्टमा पोष्ट गरेकी छिन् ।

आफ्ना व्यक्तिगत कुरा सामाजिक सञ्जालमा कम पोख्ने ऋचा अरुको पिर मर्कामा पनि आवाज उठाउने नायिकामध्येकी एक हुन् । लुट, टलक जंग भर्सेस टुृल्के लगायतका हिट फिल्मकी यि सुन्दरी नायिका पछिल्ला दिनमा कमेडी शोको जजका रुपमा देखिएकी छिन् ।

सुन्दरी ऋचा साडीमा खुलेका यि तस्विरहरु हेर्नुहोस् । साडीमा उनी निकै सुन्दर देखिए।

यो पनि पढ्नुहोस: क्यान्सरलाई जितेकी मनीषा कोइरालाले दिइन् क्यान्सरबाट जोगिने यस्ता टिप्स…शेयर गर्नुहोस……म चिकित्सक होइन, तर म केही अवश्य भन्न सक्छु। भन्छन् नि, ‘रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बेस।’ भरसक हामी सचेत हुनुपर्छ कि हामीलाई क्यान्सर नलागोस्। त्यसको लागि रोग निरोधक जीवनशैली अपनाउन नै आवश्यक छ। मलाई आफ्नो अनुभवले पनि केही कुरा सिकाएको छ।मैले जोड दिएको कुरा के हो भने, रोग लागेर उपचार गरिसकेपछिको जीवनमा फेरि पनि त्यो रोग फर्केर नआओस् भन्नको लागि मैले गर्नुपर्ने क्रियाकलाप हो। मैले अध्ययन गर्दै जाँदा हामीले भन्ने गरेको ‘हेल्दी लाइभस्टाइल’ को बारेमा म बोलिहाल्छु।

हाम्रो शरीर दिमाग, शरीर र आत्माले बनेको हुन्छ। शरीरलाई आहार खाना चाहिन्छ, जसमा अर्ग्यानिकलाई केन्द्रित गरिन्छ। यसमा खानासँगै शरीलाई दिने आराम पनि आउँछ। दिनमा ८ घण्टा सुत्नु भन्छन्, यो असाध्यै आवश्यक रहेछ। मैले पहिला धेरै धेरै काममा मग्न हुन्थे, नसुते पनि हुन्छ भन्थे। तर शरीरलाई यो चाहिने रहेछ, धेरै मात्रामा आराम र निन्द्रा पनि। तर यो सँगै शरीलाई शारीरिक रुपमा सक्रिय बनाउनु पनि उत्तिकै आवश्यक रहेछ। हामीले हाम्रो शरीरलाई स्वस्थ्य राख्न अरु धेरै कुरामा पनि ध्यान दिन आवश्यक छ। त्यसपछि आउँछ, दिमागी तन्दुरुस्ती।

यो हाम्रो मनसँग जोडिएको कुरा हो। यो सकारात्मक छ कि खालि नकारात्मक काम कुरामा अल्झिरहन्छ? यो थाहा पाउन एकदमै जरुरी छ। समाचार हेरौँ त! धेरैजसो नकारात्मक नै आउँछ। कता-कता मलाई लाग्छ, हामी मानिसहरु नकारात्मतातर्फ अग्रसर भईराखेका छौँ। त्यसैले हामीले पहिला आफैँले आफैँलाई मूल्यांकन गर्न आवश्यक छ।र यो आफूमा भर पर्ने कुरा हो, कसरी सकारात्मक हुने। मलाई लाग्छ, कसैको पनि जीवनमा समस्या नआउने हुँदैन। समस्या आउँछ भने, त्यहाँ पक्कै पनि समाधान पनि आउँछ। समस्यामा उल्झन हैन, समाधानको बाटो हिड्न खोजौँ।

सकारात्मक दृष्टिकोण भयो भने जीवनलाई विभिन्न आयामबाट, दृष्टिकोणबाट हेर्न पनि जानिन्छ। भन्छन् नि, ‘जीवनलाई आधा खालि भएको देख्ने कि आधा भरिएको देख्ने।’अब आयो आध्यात्मिक पाटो। यसमा अदृश्य शक्तिको विश्वास हो। यसमा तपाईँले जुन धर्म, संस्कृतिलाई अपनाउनु हुन्छ, त्यही नै महत्वपूर्ण हुन्छ। ध्यान, साधना, योगाजस्ता कुरा यहाँ पर्न आउँछ। मलाई लाग्छ, मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष पनि यही हो।यदि यी सबैको बिचमा सद्भाव र सन्तुलन भयो भने र यसलाई नियाल्दै गएमा तपाईँलाई के आवश्यक छ भन्ने बारे तपाईँले थाहा पाउनुहुन्छ।

मैले प्रस्तुत गर्न खोज्ने मुख्य विषयवस्तु पनि यही हो, कि कसरी हामी स्वस्थ्य जीवनशैली अपनाउन सक्छौँ?तर सत्यता के हो भने, यो कुरा हामीलाई थाहा हुँदाहुँदै पनि हामी बिरामी परेपछि मात्र हाम्रो स्वास्थ्यलाई ख्याल गर्न थाल्छौँ। हामीलाई थाहा छ, स्वास्थ्य भएन भने हामी जीवनमा आएका कुनै पनि खुसीहरुमा रमाउन सक्दैनौँ।यसको लागि हामीले हाम्रो स्वास्थ्यलाई प्राथमिकताको केन्द्रमा राख्न जरुरी छ।यदि स्वस्थ्यकर जीवनशैली अपनाउँदा अपनाउँदै पनि हामीलाई क्यान्सर भइहाल्यो भने पनि आत्तिहाल्नु पर्दैन।

यहाँ एकदमै पोख्त चिकित्सकहरुको टोली छ, बस तपाई उहाँहरुको सम्पर्कमा आउनुपर्छ। नआत्तिकन पूर्ण विश्वासका साथ उपचार गर्नुहोस्।मेरो बारेमा भन्नुपर्दा त्यो चौथो तहको क्यान्सर थियो।तर भगवान ममाथि दयालु भए, मेरा चिकित्सक उत्कृष्ट थिए, मलाई मेरो परिवारको एकदमै ठूलो समर्थन थियो। त्यो सबैले मलाई उपचारमा सहयोग गर्‍यो। अहिले म क्यान्सरमुक्त भएको छु र एकदम ठीक छु। अहिले ७ वर्ष भयो।क्यान्सर हुनु मृत्युदण्ड होइन, क्यासरपछि पनि जीवन छ। केही छैन भने पनि आशा छ। मलाई लाग्छ- सायद क्यान्सरपछि जीवन अझै राम्रो हुन्छ।

मलाई नै लाग्छ- म क्यान्सर अगाडिको जीवन भन्दा अहिले उत्तम जीवन जिउँछु। पीडा भइसकेको मान्छेले, भोगेको मान्छेले सचेत भएर जीवन जिउँछ। पीडामा नभएको र दुख नउठाएको मान्छेले अलिकति लापरवाह जीवनशैली जीउने रहेछ। क्यान्सरले मलाई स्वस्थ्य जीवन जीउनु अति आवश्यक रहेछ भन्ने बोध गरायो र जीवनलाई रमाएर जिउन सिकायो।हामी जति बाँच्छौ, किन खुसी हुन सक्दैनौँ? हामी एकपल्ट जाने नै हो नि। हामीलाई दुखी बनाउने कुरालाई किन छोड्न सक्दैनौँ र हाम्रो सकारात्मक सोचलाई हामी किन अरुसँग बाँड्न सक्दैनौँ ? मलाई के लाग्छ भने एउटा सुखी र स्वस्थ्य मान्छेले अरुलाई पनि केही योगदान गर्न सक्छ।

हामी यस्तो जीवनलाई डोर्‍याइरहेकोमा खुसी हुनुपर्छ। गएको तीन वर्षदेखि हामी एक समूह बनेका छौँ, यो समूहले सेप्टेम्बर महिनालाई डिम्बासयको क्यान्सर विरुद्ध जनचेतना जगाउने महिनाको रुपमा मनाउन थालेको छ। विश्वका अरु देशमा जस्तै नेपालमा पनि तीन वर्षदेखि हामी डिम्बासयको क्यान्सर विरुद्ध विभिन्न कार्यक्रम गर्नुपर्छ भनेर हामीले सुरुवात गरेका हौँ।यो अभियानमा मलाई क्यान्सर केयर नेपालले एकदमै सहयोग गरेको छ। उहाँहरुलाई भेट्ने बित्तिकै मलाई काम गर्न मन लाग्यो। उहाँहरु धेरै मेहनती हुनुहुन्छ र समाजको लागि केही गर्न चाहनुहुन्छ पनि। उहाँहरुसँग काम गर्न पाउनु गर्वको कुरा हो।

यो पनि पढ्नुहोस: जब चर्चित नायिका करिश्मा पहिलो पटक परीक्षा हल पुगिन्……अभिनेत्री करिश्मा मानन्धर १४ वर्षकी थिइन्। जतिबेला उनी नेपाली चलचित्र क्षेत्रमा पहिलोपल्ट प्रवेश गरिन्। एकपछि अर्को सफलता हासिल गर्दै फिल्म जगतमा चम्किएकी करिश्माको लोक्रप्रियता मोहलाग्दो थियो।जीवनको लामो संघषर्बाट आफूलाई स्थापित गरेकी करिश्मालाई त्यो लोकप्रियताले खुसी दिन सकेन।

उनलाई सधैं अभाव महशुस भइरने एउटै विषय थियो- अध्ययन। अक्षर छिचोल्ने १४ वर्षकै उमेरमा उनले पढाइलाई हाँक्न सकिनन्।त्यही हीनताबोधले मलाई हरेक समय सताइरह्यो,करिश्मा सम्झने गर्छिन्।त्यो हीनताबोध जीवनमा पहिलो सुटिङबाट उनले अनुभूत गर्न थालिन्।म १४ वर्षको केटी। त्यतिबेला सुटिङमा मैले गाडी हाँकेर एक ठाउँमा रोक्नुपर्ने थियो। तर मैले त्यो गर्न सकिनँ।

गाडी लगेर पर्खालमा हानेँ। गाडी हानिसकेपछि एउटा केटीको लागि त्यो भन्दा ठूलो सजाय के हुनसक्छ र? त्यहीँबाट सुरु हुन्छ मेरो हिनताबोध,करिश्माले भनिन्।त्यो गल्तीमात्र थिएन। उनले ठानिन्- यसलाई सिकाइको पहिलो खुट्किलो। फिल्म उद्योगमा चर्चा एक ठाउँमा रहेपनि आफ्ना कमजोरीमा प्रहार गर्नेहरूले भने पढाइलाई माध्यम बनाएको उनको आशय थियो।

हाम्रो समाजमा ५ प्रतिशत यस्तो मानसिकता बोकेका मानिस हुन्छन् जसले नेगेटिभ बाहेक अरु सोच्नै सक्दैनन्,उनी आशय पोख्छिन्। हालै सम्पन्न नेपाल आइएमई लिटरेचर फेस्टबिलको एउटा सेसन थियो अध्ययनको भोक।सेसनमा सांसद शान्ता चौधरीसँगै मञ्चमा उभिएकी थिइन् अभिनेत्री करिश्मा। दुवैले आफ्नो अध्ययन शिलशीलाका याद्गार पल सम्झिरहेका थिए। यसरी सम्झिने क्रममा करिश्मा सुख र दु:खका दुवै अनुभूति पोखिरहेकी थिइन्।

कक्षा ८ को परीक्षा करिश्मा अहिले कलेज पढिरहेकी छन्। उमेर ढल्केपछि पनि किन पढेको होला भनेर सोच्नेहरू धेरै छन्। तर उनी त्यस्ता सोचहरूकोछु मतबलभन्दै टार्छिन्।उनले कार्यक्रममा कक्षा ८ को फाइनल परीक्षा दिन जाँदा परीक्षा हलमा गएको दिनबारे सम्झिइन्।सुरुमा त जाने आँट आएन। पछि कक्षा ८ को जिल्ला स्तरीय परीक्षामा गार्डले लगेर छाड्नुभएको थियो।

र जब मेरो हातमा प्रश्नपत्र आयो म त इमोस्नल भएछुउनी भावुक हुँदै भनिन्, त्यतिबेला मैले छाडेर गएको १४ वर्षीया त्यो बुनु फेरि यही बेन्चमा देखेँ। त्यो भोक मभित्र पनि रैछ। मैले उसलाई त्यहाँ भेटेँ र भने- आइ एम हेयर नाउ। एसइई दिँदाको नर्भसनेस ०७५ सालमा एसइई परीक्षा दिएकी थिइन् करिश्माले। एसइई दिन जाँदाको पहिलो क्षण सम्झँदा अहिले भने उनलाई हाँसोमात्र उठ्छ।

म परीक्षा दिन जाँदै थिएँ। काठमाडौंमा उही ट्राफिक जाम। मेरो गाडी त्यतिबेला पन्चर भयो। त्यतिबेला म यति नर्भस भइछुकी मैले प्यान्टको चेन लगाउन पनि बिर्सिएछुकरिश्माले हाँस्दै सुनाइन्। तर, एसइईको परीक्षामा भने प्रश्नपत्र सजिलो लागेको उनले बताइन्। वातावरण पनि राम्रो थियो। प्रश्नपत्र हातमा परेपछि सहज लाग्यो, उनले सम्झिइन्।

अहिले नियमितजसो पढ्न जान्छिन् करिश्मा। अध्यनन गर्नु भनेको पाठ्यक्रम घोक्नु हो जस्तो पनि लाग्दैन उनलाई। पाठ्यक्रम बाहेकका पुस्तक पनि रुचिलाग्दा पढ्ने गर्छिन् उनी। पछि आफैं पनि आफ्नो जीवनबारे पुस्तक लेख्ने सोचमा छिन्।एकपल्ट घोस्ट राइटिङ लेख्न पनि दिएँ। त्यो शब्द त्यस्तो गहिराइमा थिएन। पछि मैले छाडिदिएँ लेखाउन। बरु म आफैं लेख्छु भन्ने लाग्यो,उनले बताइन्।

कलेज आउँदा जाँदा करिश्मा कहिलेकाहीँ अनौठो अनुभूति गर्न पुग्छिन्। केही समयअघि भइदियो त्यस्तै। कलेजबाट आउनेक्रममा ७/८ वर्षका बालकले भनेको वाक्यले उनी चकित परिन्। कलेजबाट आउँदै थिएँ। ७/८ वर्षका बालकले मलाई हेरेर भनेको सुनेँ- यो बुढीले पनि स्कुल पढ्ने!उनी बच्चाको भनाइमा चिन्तित भइनन्।

बरु उनीहरूले पाएको संस्कारमा चिन्तित भइन्। यदि समाज र परिवारले राम्रो संस्कार बालबालिकालाई दिन नसक्नुमा उनको दुखाइ छ। भन्छिन्,जब हामी जन्मन्छौं। अनि जे संस्कार भयो त्यही सिक्छौं। उनीहरूलाई म बुढी भनेको कसरी थाहा भयो। त्यो त उसको परिवारले भनेको हुनुपर्छ। परिवारले दिएको संस्कारमा समस्या हो नि यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *