भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापाः संचालकसहित अनैतिक कार्यमा संलग्न येति जना युवती हरु पक्राउ हेर्नुहोस भिडिओ सहित

भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापाः संचालकसहित अनैतिक कार्यमा संलग्न येति जना युवती हरु पक्राउ हेर्नुहोस भिडिओ सहित

मनोरञ्जन

Sharing is caring!

भक्तपुरः भक्तपुरको ठिमी क्षेत्रका तीन गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ।

महानगरीय वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा लकडाउन खुलेपछि असामाजिक क्रियायाकलापहरू बढेको भन्ने सुचनाका आधारमा तीन वटा गेष्ट हाउसमा छापा मारिएको हो ।

प्रहरीले ती गेष्ट हाउसबाट तीन सञ्चालकसहित १४ जनालाई नियन्त्रणमा समेत लिएको छ । वृत्तका प्रमुख ऋषिराम कँडेलका अनुसार सात जना महिला सहित १४ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रहरीले सुनकोशी गेष्ट हाउस, सनराईज गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको र सुनकोशीबाट सञ्चालक धनुषा धारापानीका २० वर्षीय कमल गिरी, मध्यपुर नगरपालिका ठिमी-७का ३० वर्षीय रमेश घजु र दोलखा भिमेश्वर नगर-४ घर भइ नयाँ ठिमी बस्ने २० वर्षीया महिलालाई नियन्त्रणमा लिएको बताएको छ ।

त्यस्तै सनराइज गेष्ट हाउसबाट सञ्चालक रामेछाप घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्कालाई पक्राउ गरेको छ। उत्रन दाङ राजपुर गाँउपालिका-९ घर भइ बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङ केराउन गाँउपालिका-४ घर भइ कमलबिनायक बस्ने ३५ वर्षीया महिला, चाँगुनारायण-७ का ४७ वर्षीय पुरुष, भोजपुर षडानन्द गाँउपालिका–११ घर भइ हाल नयाँ ठिमी बस्ने २३ वर्षीय पुरुषलाई पनि पक्राउ गरेको छ।

बालकुमारी गेष्ट हाउसबाट सञ्चालक कालिकोट नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीय नरेश बोगटी, सिन्धुली गैरीगाउ-४ घर भई हाल नयाँ ठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रे रोशी गाँउपालिका–२ घर भई हाल नयाँ ठिमी बस्ने २३ वर्षीया महिला छन्।

सिन्धुली भिमान-२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरी धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला, मकवानपुर कैलास गाँउपालिका-२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीया पुरुषलाई पनि प्रहरीले पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *