बिहेको त्यो पहिलो रात ! जब उनी सुक्क सुक्क गरेर रुन थालिन् – मनछुने कथा”

बिहेको त्यो पहिलो रात ! जब उनी सुक्क सुक्क गरेर रुन थालिन् – मनछुने कथा”

मनोरञ्जन

Sharing is caring!

बिहेको दिन बेहुली अनमाई कार भित्र दुलही राखियो । म पनि उनीसँगै गाडि भित्र पसे । उनका साथीहरु बाहिरबाट कोई वाई वाई को इसारा, कोहि रुदै त कोहि बेहुलिलाई हसाउदै थिए ।

तर उनी एकोहोरो रुदै थिईन अनि कताकता म पनि रुन बाध्य हुन्छु जस्तो लाग्दै थियो तर मेरा साथीहरूले मलाई पनि हसाँई रहेका थिए । हाँस हाँस आजै हो हास्ने दिन भोलिबाट रुनु पर्छ त्यसैमा अर्को साथीले थप्यो, थाहा छ !

केटी रुने भनेको बिवाहको दिन मात्र हो तर केटा हाँस्ने भनेको त्यही बिहेको दिन हो, बिवाह पछि रुनु मात्र पर्छ । ह्या हावा कुरा नगर केटा हो भनेर कारको सिसा लगाए ।

ता कि साथमा भएकी जीवन संगिनीलाई कुनै असर नपरोस भनेर । मनमा एउटा सोचाई आयो साथीहरुले भनेको । के साच्चै बिहे पछि रुनु पर्छ ? के बिवाह गरेका मानिसहरु साच्ची नै असन्तोस हुन्छन त ? के संसारका सारा मानिस बिहे पश्चात रुनु नै परेको छ त ?

झन दुबैको साथ मिले त संसार जिउन सजिलो हुन्छ भन्ने सुनेको थिए । जीवनसँगै जिउनी भनेर बाचा गरेपछि त दुबैले दुबैलाई sacrifice त गर्नु त पर्याे नि । त्यसपछि त गुरुजीले कुदाउनु भयो कार ।

उनी तिर हेरे उनी रोईरहेकी थिईन । उनी रोएको देखेर मलाई नै नरमाईलो लाग्यो । अगी सम्म सबैको अगाडि हासेँकी थिईन । म खुसी छु हजुरहरु नरुनु है रुन हुन्न म सधाको लागि टाढा भएकी त होइन भन्दै आफ्ना आमा बाबुलाई सम्झाएर खुसी हुँदै आएकी दुलई आमा बाबू छोपिनसाथ रुदै थिईन् ।

उनलाई देखेर मन कापि रहेको थियो । नचिनेको केटा पराईको घर कसरी बानिपर्ला भनेर झन भकानिएर रोएकि होलिन् । म बिस्तारै उनको छेउ सरे, उनको हात समाए र भने नरौन यार मलाई पनि रुन आईस्कयो यसरी रुनु हुदैँन मैले बेच्नै लानलाग्या त होईन नि !

अगी आमा बाबुलाई सम्झाएको गरि आफ्नो मन बुझाउ न । के गर्छाे त संसारको लिलै यस्तो हो तिम्रो आमा पनि बाबा सगँ यसरी नै आउनुभएको त हो नि भन्दै उनीभन्दा पर सरे । गर्दा गर्दा घर आईपुग्यो आमा आएर आएर कार बाट उनको हात समाउन थाल्नु भयो म पनि उनको पछि पछि हिडे ।

दिद र सानी बहिनी आएर एउटाले पानी र अर्काेले दियो लिएर हामीलाई घुम्न थाले । त्यसै गरि अर्काे पट्टि आयो छोरा बुहारी लिएर मैले छोरो पाएकी थिए र भन्दै रत्यौली घन्कीदै थियो । सबैको दुलई हेर्ने घुईचो थियो ।

बाहुबाजे देखिबाट चलेको रितिरिवाज रे बेहुलीले आफ्नता जनलाई ढोग गरेर साडी दिनुपर्ने रे । यो चलन मलाई कति मन परेन । मन परेन भनेर नि म के गर्न सक्थे बाबू आमा मान्दैन चलेको रितिरिवाज हो त्यैले भनेर हुन्छ भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *