गायक भिम श्रेष्ठ र गायिका मेलिना राईको युगल स्वरमा रहेको गीत ‘जानेबेला’ को म्युजिक भिडियो लोकप्रिय हुदै गएको छ।सेण्टि,मेण्टल भर्सनको यस गीतका शब्द राम अविरल बिस्टले लेखेका हुन्।
राजन तिमिल्सिनाले संगीतवद्द गरेको यस गीतलाई शैलेन्द्र एम प्रधान ( बाबु)ले संगीत संयोजन गरेका हुन्।चोखो माया गरेर प्रेममा धोका पाएकाहरुको कथालाई जीवन्त शैलीमा प्रस्तुत गरिएको म्युजिक भिडियोमा स्वयम् गायक भिम श्रेष्ठ र शिल्पा पोखरेल मुख्य भूमिकामा फिचर्ड छन् हेर्नुहोस भिडियो।