काठमाडौं । विश्वमा हरेक दिन अनौँठा घटनाहरु भइरहेका हुन्छन् । हाम्रा वरपर भएका केही घटनाहरु पनि विश्वका लागि आश्चर्यचकित गराउने खालका हुन्छन् । यस्तै एक घटना अहिले बाहिर आएको छ । अहिले बाहिर आएको घटना युक्रेनको हो । त्यहाँको एक टेलिभिजनमा काम गर्ने समाचार वाचिकाले जुन किसिमको चुनौतीको सामना गरिन्, त्यो आफैंमा पत्याउन गाह्रो पर्ने खालको छ ।

टेलिभिजनमा समाचार पढ्दा पढ्दै यी पत्रकारको दाँत झरेपछि… [भाइरल भिडियोसहित]

मनोरञ्जन

Sharing is caring!

तर उनले आफ्नो कर्ममा अडिग रहिन् त्यो उल्लेखनीय छ । उनको यो चुनौती सामना गर्ने सामर्थ्यको धेरै ठाउँबाट प्रशंसासमेत गर्दैछन् । सामाजिक सञ्जालहरुमा हाल एउटा भिडियो भाइरल भइरहेको छ । जसमा युक्रेनकी एक समाचार वाचिका मरिच्का पाडाल्को लाइभ समाचार वाचन गरिरहेकी थिइन् । त्यहीबेला उनको अगाडिको एउटा दाँत खस्यो ।

तर उनी यस्तो अवस्थामा पनि आफूलाई केही पनि नभएको जस्तो गरेर सम्हालिँदै समाचार वाचन गरिरहिन् । उनले आफ्नो दाँत खसेको कसैले थाहा नपाउने गरी समाचार वाचन लगातार गरिरहेकी थिइन् । मरिच्का पाडाल्कोले यो भिडियोलाई आफ्नै इन्स्टाग्राममा पोस्ट गरेकी छन् । साथै उनले आफ्नो प्रतिक्रिया पनि राखेकी छन् । उनले लेखेकी छन्, ‘समाचार प्रस्तोताका रुपमा मैले काम गर्न लागेको २० वर्ष भएको छ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

यो अवधिमा मैले यस्तो अजिवको अनुभव पहिलो पटक गरेँ।’ उनका अनुसार १० वर्षअघि छोरीसँग खेल्दै गर्दा उनकी छोरीले अलार्म घडी उनीतर्फ फ्याँकेकी थिइन्, जसकारण उनको दाँत भाँचिएको थियो । त्यसपछि लगाएको अर्को दाँत समाचार वाचन गर्दागर्दै खस्न पुगेको हो । यो घटनापछि उक्त समाचारको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *