जब प्रेमीकाले डेटिंगमा आफ्ना २३ जना साथीहरुलाई लिएर आईन्, तब प्रेमीको भयो यस्तो हालत………..

जब प्रेमीकाले डेटिंगमा आफ्ना २३ जना साथीहरुलाई लिएर आईन्, तब प्रेमीको भयो यस्तो हालत………..

मनोरञ्जन

Sharing is caring!

जब प्रेमीकाले डेटिंगमा आफ्ना २३ जना साथीहरुलाई लिएर आईन्, तब प्रेमीको भयो यस्तो हालत………..

एजेन्सी । एकअर्कालाई माया गर्ने युवायुवतिहरु आपसमा भेट्नकालागी हिजोआज डेटमा जाने गर्छन् । डेटमा विशेषगरी आफ्ना एकले अर्कालाई चिन्ने, जान्ने र बुझ्ने अवसर प्राप्त हुन्छ । त्यसैले डेटलाई खास भेटका रुपमा पनि चिनीन्छ । डेटमा भेट भएर खाने कुराको बिल अहिले पनि प्राय केटाहरुले नै तिर्ने गर्दछन् ।

चीनका एक युवकलाई भने आफ्नी प्रेमिकालाई डेटमा बोलाउँदा बिल तिर्ने क्रममा चर्को मूल्य चुकाउनु परेको छ । ती युवककी प्रेमिकाले आफ्ना २३ जना साथीहरु र आफन्तजनलाई लिएर रेष्टुरेन्टमा आइपुगे पछि युवकको सातो गएको थियो । प्रेमिकालाई यतिधेरै मान्छेहरुसहित आएको देखेर ती युवक मौका हेरी सुइँकुच्चा ठोकेका थिए ।

चीनको झेजियाङ्ग प्रान्तमा सामाजिक सञ्जाल र फोन मार्फत एकअर्काका नजिक आएका जोडीहरु ब्लाइण्ड डेटको योजना बनाए र यसका लागि एक रेष्टुरेन्ट पनि छाने । त्यहाँ उनीहरु दुबैको पहिलो भेट हुन गइरहेको थियो ।

युवक तोकिएको समयभन्दा पहिले रेष्टुरेन्टमा पुगेका थिए र आफ्नी प्रेमिकासँग भेट गर्ने तयारीमा लागे । ती युवककी प्रेमिका डेटमा त आइन् तर एक्लै नभई आफ्ना २३ साथीहरु र आफन्तजनहरुका साथ आइन् ।

शुरुमा त सबै ठीक नै चलिरहेको थियो । उनीहरु एकअर्कासँग भेट गरे र खाना खाए । त्यसपछि जब रेष्टुरेन्टको तर्फबाट युवकलाई बिल थमाइयो तब प्रेमी बिल देखेर अतालिए र मौका हेरी त्यहाँबाट फरार भए । उनले उक्त रेष्टुरेन्टमा ३ लाखभन्दा बढी रुपैयाँको बिलको पैसा तिर्नु थियो । उनी उक्त पैसा तिर्नुभन्दा भाग्नु उचित ठानेर त्यहाँबाट भागेका थिए ।

ती युवतीले पनि उक्त प्रेमीको उदारताको परीक्षण गर्नका लागि ब्लाइण्ड डेटमा आफ्ना २३ साथीहरु र आफन्तजन लिएर आएकी थिइन् । युवक फरार भएपछि युवतीले नै उक्त रेष्टुरेन्टको ३ लाखभन्दा बढी रुपैयाँ तिर्नु परेको थियो । युवतीले ती युवक विरुद्ध प्रहरीमा उजुरी दिएपछि युवकले २ वटा टेबलको बिलको मात्र पैसा तिर्न राजी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *