६ महिनाको गर्भवती श्रीमतिले लाखौ पैसा लिएर अर्कै संग भागेपछि… (हेर्नुस् भिडियो)

६ महिनाको गर्भवती श्रीमतिले लाखौ पैसा लिएर अर्कै संग भागेपछि… (हेर्नुस् भिडियो)

मनोरञ्जन

Sharing is caring!

६ महिनाको गर्भवती श्रीमतिले लाखौ पैसा लिएर अर्कै संग भागेपछि… (हेर्नुस् भिडियो)

काठमाडौ । धरानमा एउटा अनौठो घटना भएको छ । एक जना ३४ वर्षीया महिला दिलमाया श्रेष्ठले श्रीमान विदेशमा रहेको बेलामा अन्य पुरुषसंग सम्बन्ध बढाएको आरोप लागेको छ । उनले आफ्नै छोराहरुलाई पनि मलाई आमा होइन आन्टि भन्नु भनेर समेत सिकाएको खुलेको छ ।श्रीमानले विदेशमा कमाएको पैसा र केही गहना समेत लिएर अहिले उनी हराएकी छन् । श्रीमानले ४ तोला सुन, १० तोला चाँदी र लाखौं रुपैया लिएर हिडेको आरोप लगाएका छन् ।

श्रीमान भन्छन्, आफैले जन्मदिएको छोरालाई समेत आन्टी भन भनेर सिकाएको रहेछ । म विदेशवाट आउँदा ६ महिनाको गर्भवती थियो । तर मलाई कसको गर्भ हो भनेर सोध्दा भन्दै भनेन ।अहिले उनी ६ महिनाको गर्भवती अवस्थामै घरवाट निस्केकी थिइन् । धरान उपमहानगरपालिका सुनसरी ५ का जितबहादुर श्रेष्ठले श्रीमति हराएको एक वर्ष पुरा हुँदा पनि फेला नपरेका कारण उनी मिडिया गुहारेका छन् ।

आफु विदेशमै हुँदा अन्य पुरुषसंग सम्बन्ध बनाएको श्रीमतिले श्रीमान विदेशवाट आएपछि पनि मध्यरात सम्म अन्य पुरुषसंग फोनमा कुरा गरेको आफुले थाहा पाएको बताए । सानो छोरा लिएर पल्लो कोठामा जान्थ्यो, उनले मिडियामा भनेका छन्, मैले मध्यरातमा गुनगुन आवाज सुनेर विस्तारै उठेर हेर्न गएँ ।जाँदा त फोनमा बोलिरहेको देखेपछि विवाद भएको बताए । उनले आफ्नै अगाडी अरुसंग त्यस्तो गरेको थाहा पाए पनि आफुले निकै सम्झाएको बताए । उनले आफु आएको केही समयमा गर्भवती भएको पनि बताए ।

उनले त्यो गर्भ पनि आफ्नो हो की अरुको त्यो पनि शंका लागेको बताएका छन् । उनले श्रीमति डम्बर श्रेष्ठसंगको सम्बन्धमा रहेको अहिले आफुले शंका पाएको बताएका छन् । आफ्नै अगाडी अरुकै गर्भ लिएकी श्रीमतिलाई आफ्नै गर्भ होला भनेर केही नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *