अत्याधिक भाग्यमानी हुन्छन् यस्ता व्यक्ति, जसको शरिरका यी ५ स्थानमा हुन्छ यस्ता कोठी

अत्याधिक भाग्यमानी हुन्छन् यस्ता व्यक्ति, जसको शरिरका यी ५ स्थानमा हुन्छ यस्ता कोठी

मनोरञ्जन

Sharing is caring!

अत्याधिक भाग्यमानी हुन्छन् यस्ता व्यक्ति, जसको शरिरका यी ५ स्थानमा हुन्छ यस्ता कोठी

काठमाडौ । मानिस जन्मिदै कस्तो हो भनेर लिएर आएको छ । कोही धनी वा गरिब, दुखी वा सुशी बनौँ भनेर चाहेर मात्र हुन्न । उसले जन्मिदै लिएर आएको हुन्छ । यसैले विश्वले विश्वास गरेको ज्योतिष विज्ञानले केही कुरा पत्ता लगाएको छ । त्यो हो जन्मजात आउँने केही चिन्ह वा कोठीपनि भाग्यको सूचक हुन् । आज हामी त्यही कुराको चर्चा गर्दैछौ । जुन कुरा ज्योतिषीय रुपमा प्रमाणित भएको छ ।

मानव शरिरमा प्राकृतिक रुपमा विभिन्न स्थानमा कोठी हुने गर्दछन्। केही मानिसहरुलाई शरिरको यो कोठी निकै राम्रो लाग्छ भने कतिलाई यस्तो कोठी घृणा लाग्छन्। तर कोठी कुन स्थानमा हुन्छ, त्यसले भाग्यलाई पनि दर्साउँछ। ज्योतिषको आधारमा आज हामी तपाईंलाई यस्ता केही स्थानबारे जानकारी दिँदै छौं जहाँ कोठी हुनु भाग्यको प्रतिक मानिन्छ।

हत्केलाको कोठी : हातको कोठी हुनु निकै शुभ र राम्रो मानिन्छ। ज्योतिष अनुसार जो मानिसको हत्केलामा कोठी हुन्छ, त्यस्तो व्यक्ति भाग्यमानी हुन्छन् विशेषगरी कोठी मुट्ठीभित्र पर्छ भने। यस्ता मानिसको जीवनयापन निकै राम्रो तरिकाले हुनुका साथै निकै धनवान पनि हुन्छन्। विवाह पछि यस्ता मानिसलाई ससुराली र घरमा पनि निकै सम्मान मिल्ने गर्दछ।

नाकमा कोठी : नाकमा कोठी भएका मानिसहरु निकै नखरा गर्ने किसिमका भएपनि उनीहरुको मन निकै कमलो, राम्रो र सच्चा हुन्छ। यसका साथै यस्ता मानिसहरुले आफ्नो करियरमा निकै प्रगती गर्ने गर्दछन् । प्रगती ढिला भएपनि उनीहरु आफ्नो करियरमा एक राम्रो गन्तव्यमा पुग्छन्।

चिउँडोमा कोठी : चिउँडोमा कोठी हुनु शुभ संकेत मानिन्छ। यस्ता मानिसहरुको बिग्रेको काम पनि बन्ने गर्दछ। जो मानिसहरुको चिउँडोको बिचमा कोठी हुन्छ उनीहरुको पार्टनरसँगको सम्बन्ध निकै राम्रो हुन्छ । साथै यस्ता मानिसहरु आर्थिक रुपमा पनि सबल हुन्छन्।

पिठ्युँमा कोठी : जो व्यक्तिको पिठ्युँमा कोठी हुन्छ, उनीहरु निकै रोमान्टिक हुन्छन् र घुमफिरका शौखिन हुन्छन् । यस्ता व्यक्तिहरु निकै हँसीमजाक गर्ने प्रवृत्तिका हुन्छन्। पिठ्युँमा कोठी हुनेहरुलाई उनका सन्तानले निकै माया गर्ने गर्दछन् । उनीहरु सबैसँग सुखी हुन्छन्। यस्तै रोचक र जीवनमा लाभदायी जानकारीहरु हेर्दै गर्नका लागि जनबोलीलाई फलो गर्दै गर्नुहोला । आफुले हेरिसकेपछि अरुहरुका लागि सेयर गर्न नभुल्नुहोला ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *