यसपटकको दसैंको दृश्य बदलियो, आर्शीवादका हरफहरु (भिडियो)

यसपटकको दसैंको दृश्य बदलियो, आर्शीवादका हरफहरु (भिडियो)

मनोरञ्जन

Sharing is caring!

यसपटकको दसैंको दृश्य बदलियो, आर्शीवादका हरफहरु (भिडियो)

काठमाडौं, ९ कात्तिक । सबै भेला भएर टीका र आशिष थापेर मनाउने दसैँको दृश्य यसपटक फेरिएको छ । कोरोना जोखिमले अर्थतन्त्रमा गहिरो खाडल पर्दा धेरैको घरमा दसैं चम्किलो बन्न सकेन । कतिपयका लागि यो दशैं वियोगान्त बन्न पुगेको छ ।
सदैव दसैंको समयमा आम नेपालीको मोबाइलमा मालश्रीको मधुर धुन गुञ्जयमान हुन्थ्यो । जस्ले दसैंको सुवास समाजमा छरिसकेको हुन्थ्यो । तर यसपटक यही धुनसंगै आउने सन्देश फरक छ, कोरोना भाइरसको जोखिमबाट कसरी बँच्ने रु यही सुनिन्छ ।

घटस्थापना सुरु भएपछि सबै नेपाली दसंै मनाउने हतारोमा हुन्थे । घर फर्कनेहरुको लर्कोले बसर्पाकहरु टनाटन भरिन्थे, विमानस्थल व्यस्त रहन्थ्यो । तर जताततै सुनसान नै भयो यसपटक । न मन्दिरमा घण्टी बजे, नत भक्तालुले शक्तिपीठहरुमा भेला हुन नै पाए । त्यसैले धेरैले यसपटकको दसैं औपचारिकतामा सीमित बनेको महसुस गरेका छन् ।
दसैं हिन्दू नेपालीको मात्र नभइ आम नेपालीका लागि संस्कार र संस्कृति नै बनिसकेको छ । बर्षभर छुटिएका परिवारका सबै सदस्यलाई एकठाउँमा भेला गराउने यो पवित्र र महान अवसर पनि हो । जुगौ पुरानो यो चलनले नेपाली समाजलाई सदैव एउटा संस्कारको सुत्रमा बाँधेको छ ।

जे जस्तो अवस्थाबीच पनि दसैं मनाउन चाहने नेपालीको भीड छ, काठमाडौंका मुख्य बजारहरुमा । तर यो भीडमा उत्साह नभइ त्रासको सञ्चार भइरहेको छ । भयको डिलमा उभिएर दसैं जस्तो महान चाड मनाउनु पर्दा आम नेपालीले धक फुकाएर हर्षलाई आलिंगन गर्न सकेका छैनन् । स्वीकार्नै पर्ने तीतो बाध्यता बन्यो, यो पटक ।
अविच्छिन्न परम्परा नै धेरै अर्थमा खण्डित हुन पुगेपनि बहुमूल्य परम्परा निरन्तरता दिन रातो टीका निधारमा भने सजिने छ नै । आयुद्रोण सुते र जयन्ती मंगला कालीको मन्त्रोचारणले हरेक घरमा दसैंको उपस्थिति जनाउने छ नै । तर यसपटक आर्शीवादका केही हरफहरु फेरिन सक्छ , आर्शीवादमा कोरोनाप्रति सतर्कता जनाउने सन्देसले नै महत्व पाउने पक्का छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *