मुस्लिम हुँ दाह्री पाल्नु धर्म भन्दा निकालिएका सव-इन्स्पेक्टरको दाह्री काटेपछि जागिर जोगियो

मुस्लिम हुँ दाह्री पाल्नु धर्म भन्दा निकालिएका सव-इन्स्पेक्टरको दाह्री काटेपछि जागिर जोगियो

मनोरञ्जन

Sharing is caring!

मुस्लिम हुँ दाह्री पाल्नु धर्म भन्दा निकालिएका सव-इन्स्पेक्टरको दाह्री काटेपछि जागिर जोगियो

काठमाडौं । प्रशासनको अनुमति बिना लामो दाह्री पालेको कारणले निलम्बित सवइन्स्पेक्टर इन्तेसर अली अन्ततः ड्युटीमा फर्केका छन् । उनले आफ्नो दाह्री काटेर काममा फर्केका हुन् । उनी दाह्री काटेर शनिबार भारतको एसपी बागपत समक्ष हाजिर भएका हुन् । एसपी अभिषेक सिंहले उनको निलम्बन फिर्ता लिएपछि उनलाई बहाल गरेका हुन् ।

बागपतको रमाला प्रहरी चौकीमा तैनाथ सब इन्स्पेक्टर अलीलाई २० अक्टोबरमा एसपी बागपत अभिषेक सिंहले निलम्बित गरेका थिए । यो आरोप लगाइएको थियो कि अलीले अनुमति र सेवा नियमहरूको उल्लंघन गर्दै आफ्नो दाह्री बढाएको भन्दै निलम्बित गरेका थिए ।

निरन्तर चेतावनीहरू गरिए पनि उनले ख्याल गरेनन् अझ मेरो संस्कार हो म दाह्री फाल्न सक्दिन भन्दै अडान लिए र दाह्री बढाउँदै लगे भनेर एसपी बागपत अभिषेक सिंहले प्रहरी सेवाबाट निलम्बन गरेका थिए ।

निलम्बन पछि, सामाजिक सञ्जालमा व्यापक छलफल भयो । यद्यपि अधिकांश व्यक्तिहरूले एसपी अभिषेक सिंहको निर्णयलाई जायज भन्दै आएका थिए । अन्ततः प्रशासनिक दवाव र मिडियाको दबाबपछि सब इन्स्पेक्टर अली शनिबार एसपी बागपत अभिषेक सिंह समक्ष हाजिर भएका हुन् ।

एसपी बागपत अभिषेक सिंहले भने कि इन्तासर अलीले आफ्नो दाह्री काटेका छन् । प्रहरी विभागका निर्देशनहरू पछ्याउदैं अलीले भविष्यमा प्रहरी विभागको नियम र निर्देशनहरू पालना गर्ने आश्वासन दिएका छन । सेवा पुनःस्थापनाको लागि उनले अनुरोध गरेका थिए । अनुरोधपछि इन्सार अलीलाई निलम्बनबाट बहाल गरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *